Bisal Chautari Logo

भारतीय नागरिक साढे ७० लाख पर्ने सुनसहित पक्राउ

- ३० असार २०७४, शुक्रबार १२:४० मा प्रकाशित


nepal news 
विशाल चौतारी समाचार
मकवानपुर,२०७४ अषाढ ३० शुक्रबार । भारतीय नागरिक सुमन कुमारको साथबाट बरामद सुन । तस्वीर जिल्ला प्रहरी कार्यालय हेटौंडा ।

nepali news३० असार, मकवानपुर भन्सार छलेको डेढ किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिक मकवानपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जटियाही पोष्ट जकीयारी बस्ने ३५ वर्षीय सुमन कुमार रहेका छन् ।
काठमाडौंबाट वीरगञ्ज तर्फ जाादै गरेको ना १ ज ४०२९ को टाटा सुमोलाई हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेस्थित प्रहरी चेकपोष्टमा शुक्रबार बिहान साढे सात बजे जााच गर्दा सुनसहित भारतीय नागरिक पक्राउ परेका हुन् । उनको साथबाट १ किलो ५१६ ग्राम सुन बरामद भएको र यसको बजार मूल्य ७० लाख ५९ हजार रुपैयाा पर्ने बताइएको छ ।
पक्राउ परेका व्यक्तिलाई सुनसहित राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय बारा पथलैयामा बुझाइएको बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता बामदेब गौतमले जानकारी दिए ।

प्रतिक्रिया