Bisal Chautari Logo

मलेसियामा जारी एसीसी यू–१९ एसिया कपमा नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य

- २६ कार्तिक २०७४, आईतवार ०६:१६ मा प्रकाशित


Nepal scored 186 runs for India
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २६ आइतवार । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा भारतलाई १८६ रनको लक्ष्य दिएको छ।
बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको हो।
५० ओभरमा नेपालले ८ विकेटको क्षतिमा १८५ रन बनाएको छ नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वा्धिक ८८ रन बनाए । १०१ बलको सामना गरेका उनले ६ चौका र २ छक्का प्रहार गरे । जितेन्द्रसिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन बनाए । शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको नेपाललाई समूह चणर पार गर्न आजको प्रतियोगिता जित्नुपर्ने दवाव छ । भारतका लागि आदित्य ठाकरे र अभिषेक शर्माले दुई, दुई विकेट दिए।

प्रतिक्रिया