Bisal Chautari Logo

राजविराजको मतगणना पुनःशुरु

- ८ आश्विन २०७४, आईतवार ०९:१३ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
राजविराज, २०७४ असोज ८ आइतबार । दुई दिनदेखि अवरुद्ध सप्तरीको राजविराज नगरपालिकाको मतगणना आज अपराह्नदेखि पुनः शुरु भएको छ । निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
शुक्रबार निर्वाचन कार्यालयले राजविराज नगरपालिका– १ को मत परिणाम सार्वजनिक गरेका बेला मत परिणाम कम भएको जनाउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिले विरोध गरेपछि सूचना टाँस गरी मतगणना स्थगन गरिएको थियो ।

प्रतिक्रिया