Bisal Chautari Logo

नेपालले दियो सिंगापुरलाई २८३ रनको लक्ष्य

- २९ चैत्र २०७५, शुक्रबार ०६:५८ मा प्रकाशित


NEPAL U-19 CRICKET TEAM

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २९, शुक्रवार।
आईसीसी यू१९ विश्वकप एक दिवसीय एसिया छनोटमा नेपालका कप्तान रोहितकुमार पौडेल सिंगापुरविरुद्ध शतक बनाउनबाट चुकेका छन् । उनले १०५ बलमा ९५ रन बनाए ।

रोहितकै उत्कृष्ट प्रदर्शनका कारण नेपाल उच्च स्कोर बनाउन सफल भएको हो । टस हारेर पहिला ब्याटिङ थालेको नेपाल ४६ ओभरमा अलआउट भएको छ । नेपालले २ सय ८२ रन बनाएको छ ।

नेपालले सिंगापुरलाई जितका लागि २८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रतिक्रिया