Bisal Chautari Logo

‘कबड्डी कबड्डी कबड्डी’को बुकिङ खुल्ला, क्यूएफएक्स चेनमा ६४ सोज

- १ आश्विन २०७६, बुधबार १०:३७ मा प्रकाशित


kabaddi kabaddi kabaddi movie show
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ असोज १ बुधवार ।
वर्ष ०७६ को बहु प्रतिक्षित चलचित्र यही शुक्रवारबाट प्रदर्शनमा आउदै छ । यस वर्षको प्रतीक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले आफ्नो बुकिङ खुल्ला गरेको छ ।

चलचित्रले मल्टिप्लेकसमा राम्रो सोज हात पारेको छ । सबैभन्दा ठुलो क्यूएफएक्स चेनमा चलचित्रले काठमान्डौभित्र मात्र ३७ सोज पाएको छ । यसैगरी राजधानी बाहेकका क्यूएफएक्स अन्र्तगतका ४ स्टेशनमा २७ गरी जम्मा ६४ शोज पाएको छ ।
मुस्ताङको हिमाली गाउँका थकाली समुदायको संस्कृतिलाई टिपेर चलचित्रमा घुसाएका निर्देशक रामबाबु गुरुङको यस चलचित्रले जेठ देखी सुस्ताएको बजार तताउने अपेक्षा गरिएको छ । चलचित्रले स्वजातिय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्र्तद्धन्दको कथा बोकेको छ ।
‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपासना ठकुरी, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

प्रतिक्रिया