Bisal Chautari Logo

आखिर अत्यामा देउवाले लखेटी छाडे प्रचण्डलाई

- ३१ आश्विन २०७४, मंगलवार ०७:३३ मा प्रकाशित


DeuwaScrewed to Prachand
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ३१ मंगलबार । प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरु आजदेखि सरकारबाट फिर्ता हुने भएका छन्।
                                                                                                                                फाइल फोटो

आगमी चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीलाई सरकार छाड्न दवाव दिँदै आएका थिए। तर माओवादीले सरकारबाट नबाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउँदै आएको थियो।
आज विहान साढे ११ बजे प्रधानमन्त्रीसँग भेट गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसँग सरकारका विषयमा धारणा मागेपछि प्रधानमन्त्रीले माओवादीको समर्थन आवश्यक नभएको जवाफ दिएका थिए।
माओवादीसंग रुष्ट बनेका प्रधानमन्त्री देउवा भने माओवादीले मन्त्री फिर्ता नबोलाए उनीहरुलाई जिम्मेवारीविहीन बनाउने तयारीमा रहेको चर्चा थियो। देउवाले केही दिन अघि मात्र राप्रपालाई सरकारमा सहभागि गराएका थिए। राप्रपाका मन्त्रीहरुलाई माओवादीले सम्हालेका मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी थियो।

प्रतिक्रिया