Bisal Chautari Logo

अज्ञात ब्यक्तिले चलाएको गोलीबाट एकजना महिला घाईते

- २९ असार २०७४, बिहीबार १२:२८ मा प्रकाशित


nepali news
विशाल चौतारी समाचार
विराटनगर,२०७४ अषाढ २९ बिहीबार । विहिबार विहान अज्ञात ब्यक्तिले चलाएको गोली लागेर विराटनगरमा एकजना महिला घाईते भएकी छन् । विराटनगरको मुनाल पथमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर उदयपुर बेलटारकी ४७ वर्षीया टिनादेवी बिष्ट घाइते भएकी हुन ।
goli-gun_njQ0w8oYXHअज्ञात समूहले बिहान करिव ५ बजे उनलाई लक्षित गरेर गोली प्रहार गरेको थियो । विराट अस्पतालमा उपचाररत रहेका आफन्तलाई भेटेर फर्कने क्रममा मोटर साइकलमा आएका दुइजना लुटुराहरुले आफ्नो पर्स खोस्न खोज्दा आफुले नदिएपछि गोलि चलाएको विष्टले बताइन् ।
बिष्टको घुाडामा गोली लागेको छ । लुटेराहरुले उनको साथवाट नगद ११ हजारसमेत लुटेर लगेका छन् । घटनाबारे अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रमुख एसपी सन्दिप भण्डारीले जानकारी दिनु भयो । विराटनगरस्थित बिराट अस्पतालमा उपचार गराईरहेकी विष्टको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया