salin Man Baniya Movie ‘Yatra blog’
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १०, सोमबार । अभिनेता सलिनमान बनियाँको मुख्य भूमिका रहने चलचित्र ‘यात्रा ब्लग’को औपचारिक निर्माण घोषणा गरिएको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्र निर्माण युनिटले सो चलचित्र निर्माणको औपचारिक घोषणा गरेको हो । पहिलो चलचित्र ‘ए मेरो हजुर -२’ बाट अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह सँग जोडी बाधिएर नेपाली चलचित्र नगरीमा पाइला टेके सँगै राम्रो सफलता हाँसिल गरेका अभिनेता सलिनमान बनियाँको यो दोश्रो चलचित्र हो । यस चलचित्रमा भने नव-नायिका मलिका महत र अभिनेता सलिनलाई जोडीको रुपमा देख्न सकिने छ ।
धेरै लामो समयदेखी नेपाली चलचित्र क्षेत्रमा रहेर सफल चलचित्र बनाइसकेका कुशल र वरिष्ठा निर्माता एव्ं अभिनेता केशव भट्टराईले चलचित्र ‘यात्रा ब्लग’लाई निर्माण गर्नेछन् ।
सम्राट शाक्यको डेब्यु निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायांकन सेड्युल ४५ दिनको रहने निर्माण युनिटले जनाएको छ ।
आगामी असोज ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्रको छायांकन यहि बैसाखको २५ गतेबाट सुरु हुनेछ।
चलचित्रमा सलिन र मलिकाको अलावा सलोन बस्नेत, रिगेन थापा, प्रेक्षा बज्राचार्य, रियर राई लगायत अन्य कलाकारहरुको पनि अभिनय रहनेछ ।
प्रतिक्रिया