Bisal Chautari Logo

नेपाली उखान टुक्का नयाँ भर्सनमा

- २३ जेष्ठ २०७१, शुक्रबार ०५:२२ मा प्रकाशित


nepali ukhan tukka
– राजाको काम चारैतिर बदनाम
– बाँदरको पुच्छर टाई न इँजार
– तरुनी हुँदा सयवटा पोई, मर्ने बेला कोइ न कोई
– कलिवुडको जात्रा तिघ्राको व्यापार
– सितैंमा पाये भट्टी रित्तै
– के खोज्छस् नेता, कुर्सी
– घाँटी हेरी हाइनेक किन्नु ।
– जोगीको घरमा हिप्पी पाहुना
– एकपल्ट पक्राउ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।
– मूर्तिचोरलाई पशुपति न गुहेश्वरी ।nepali ukhan tukka
–  Which Bull No Horn, That Bull
Horny  (जुन गोरुको सिङ छैन तेस्को नाम तिखे ।)
– राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङगाको बाँङगै ।
– खाई न पाई दौरामाथि टाई ।
– नपाउनेले के पायो काँक्रोलाई चियामा चोबेर खायो ।
– आजकलका केटी स्टाइलको भारी, टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।
– तोङबा तान्ने छोरालाई इन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन ।
– प्रेमिकाले छोडेको कहिलेकहिले लभलेटर लेख्छन् अहिले
– घिच्न जान्दैनन् पकाउनेलाई दोष ।
– दाह्री हेरि शेभ गर्नु अनुहार हेरि प्रेम गर्नु ।
– आमा पनि ब्युटी छोरी पनि ब्युटी बाउले गर्नु पर्ने चुलाको ड्युटी
– जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।
– प्रशासनमा घुसखोरी जनता बोल्दैनन् मुख फोरी ।
– जेठी बुढीको राम्रो कुरा तितो, कान्छीको चाहिँ झटारो नै
मिठो ।
– स्वास्नीको कुटाई खाको लोग्ने चुरा बज्दा तर्सिन्छ ।
– भीरबाट हाम्फाल्ने गोरुलाई अल द बेस्ट ।
– साईन्स पढेर फुर्ती लडायो जाचँमा भने पाँच ओटै
लगायो ।

adv

प्रतिक्रिया