Bisal Chautari Logo

एनआरएन वेलायत प्रती नेपाली युवा समुह युकेको घोर आपती

- २४ श्रावण २०७२, आईतवार ०६:१४ मा प्रकाशित


Nepali Yuwa Samuh uk Roshan Rai news
रोशन मेवाहाङ्ग
लण्डन, २०७२ साउन २४ आइतबार । गैर आवासीय नेपाली संघ (एनआरएन ) बेलायत भित्र आर्थिक विवादमा मुछिएका पदाधिकारीहरुलाई निर्वाचन समितिबाट तत्काल खारेज गरि नया निर्वाचन समिति गठन गर्न बेलायतका विभिन्न संघ संस्थाहरु लगायत नेपाली युवा समुुुह बेलायत कटिबद्धताका साथ अनुरोध गर्दछ । Nepali Yuwa Samuh uk Roshan Rai newsआगामी १३ सेप्टेम्बरमा हुन लागेको छैटौ अधिबेशनका लागी सिमित व्यतिmहरुले आफ्नै समुहका निर्वाचन समिति गठन गरेका छन् । चुनाब नजिकै आउन लागे पछि निर्वाचन समितिका केहि पदाधिकारीहरुले आफ्नै झुण्डको कोठे बैठक बसी नेपाली समाजलाई भट्काउने, जातिय मदभेदमा खिचतानी उत्पन्न गराउने जस्ता नकारात्मक घोटला सुरु गरेको स्रोतले जनाएको छ ।
निर्वाचन समितिले कुनै पनि सुचना प्रकाशीत नगरी नविकरण फारम परिवर्तन गर्न लागेको जानकारी गराएको छ । सदस्यहरुको आाखा छलेर स्वेच्छाचारी ढंगले गरिएको यस्तो निर्णयप्रति बेलायतबासी नेपालीहरुले घोर आपती जनाएका छन् । एनआरएन बेलायत सास्थाको विधान र मूल्य मान्यता विपरित पदीय बााडफााड – चक्रिय प्रणालीमा चलिरहेको छ । यस्तो अवैधानिक र लुछाचुाडिको विरोध गर्दै सास्थाभित्र भईरहेको विभिन्न नकारात्मक क्रियाकलापहरुको विरुद्घ नेपाली युवा समुह, बेलायतले बाराम्बार उठाईरहेको आवाजलाई संस्थाले बेवास्ता गर्दै आईरहेको बेलायती जनमानसलाई सर्व विदितै छ ।
एनआरएन बेलायतमा आर्थिक पारादर्शिता नभए पछि विवाद उत्पन्न हुदा सत्यतथ्य विवरण पेश गर्न एनआरएन बेलायतका बरिष्ठ सल्लाकार कमल गुरुङको 
संयोजकत्वमा राष्ट्र राई उपसंयोजक रहेको गठित आर्थिक छानविन समितिले आर्थिक विवरण तयार पारी प्रस्तुत गर्न बोलाउदा विवादमा होमिएका महेन्ऽ कडेल र कुल आचार्य आफै उपस्थित नभई पंन्छिन खोजेको र उल्टै विवरण सहि छैन भन्दै आरोप समेत लगाएको आर्थिक छानविन समितीले जनाएको छ । यसरी आर्थिक छानविन समितीको विवरणलाई उलङघन गरिन्छ भने छानविन समिती गठन गर्नुको औचित्य के होला ?
समग्रमा, सस्थाको आर्थिक अनीयमिताका कुरादेखि, नेतृत्वको तानासाही र निरंकुश प्रबृत्तिको साथै केहि अवसरबादी ब्यक्तिहरुको हालिमुहालीको कारणले एनआरएन बेलायत सबैको साझा हुन नसकेको साथै सिमीत ब्यक्ती र वर्गको पोल्टाभित्र मात्र राखिएको; अझै पनि केहि व्यक्तिले मनपरीतन्त्र चलाउन खोजेको बेलायत बासिन्दाहरुको गुनाशो रहेको छ ।
एनआरएन बेलायतको यस्तो प्रतिकुल परिस्थितीमा समस्याहरुको समाधान गर्न नसकी, आफनो खल्तिको संस्था जस्तो सैद्धान्तिक मदभेद, गुटबन्दी र जातिय विसमता जस्ता कुराहरुलाई अंगाल्दै अबैधानिकरुपमा मनपरी तन्त्र र अनैतिक ढंगमा नै यो संस्था चल्छ भने अब नेपाली युवा समुह बेलायतले विभिन्न सामाजिक संघ संस्थाहरु संग समन्वय गरी नया एनआरएन बेलायतको स्थापना गर्न आवश्यकता रहेको जाहेर गरे ।

प्रतिक्रिया