Bisal Chautari Logo

पेलेलाई भेट्न अस्पतालमै पुगे नेयमार

- २६ चैत्र २०७५, मंगलवार ०६:३३ मा प्रकाशित


NEYMAR AND PELE

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २६, मंगलवार ।
फ्रान्सको एक अस्पतालमा उपचार गरिरहेका ब्राजिलियन फुटबल हस्ती पेलेलाई भेट्न ब्राजिलका अर्का प्रतिभा नेयमार अस्पतालमै पुगेका छन् ।

पेले एक साताअघिदेखि मुत्रनलीमा समस्या आएपछि फ्रान्सको पेरिसमा रहेको अमेरिकन अस्पतालमा उपचाररत छन् । उनको समस्यामा सुधारोन्मख हुँदै गएको अस्पतालले जनाएको छ ।

७८ वर्षीय पेलेले आफ्नो रोग निको नहुँदै अस्पतालबाट डिस्चार्ज हुन लागेपछि नेयमारले उनलाई रोकेका थिए । नेयमारले पेलेसँगको सोमबार भेटको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

मेटाटर्सल चोटकै कारण उपचारमा रहेका नेयमार यसै साताबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किएका छन् ।

प्रतिक्रिया