Bisal Chautari Logo

‘मेरो उद्देश्य नेपाली सिनेमाको अन्तराष्ट्रियकरण नै हो’– निकेश लिम्बु (‘रातो घर’ निर्माता)

- २३ बैशाख २०७४, शनिबार १७:०४ मा प्रकाशित


Nikesh Limbu nepali movie Producer
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख २३ शनिबार । मिलन चाम्स निर्दे्शित यो बायोपिक फिल्म अब प्रदर्शनका लागि रेडी छ । बायोग्राफिकल फिल्मले बेलायत रिलिज मिति घोषणा गरेको छ । ५ अगस्टमा एल्डरसटस्थित प्रिन्सेस सिनेमा घरमा सृष्टिको प्रवचन सुरु भएसगै फिल्म प्रिमियर हुनेछ र नेपालबाट लन्डन पुग्ने बेनिशा हमाल र गौरी मल्लले रेडकार्पेट नाप्नेछन् ।
Nikesh Limbu nepali movie Producerअभिनेत्री हमालले पर्दामा सृष्टिकै भूमिकामा जीवन्त अभिनय गरेकी छन् । ‘मेरा लागि फिल्मले सामाजिक भूमिका पनि खेल्नुपर्छ भन्ने हो’ २० वर्षदेखि लन्डनमा बेलायती सैनिकको रुपमा कार्यरत लिम्बु भन्छन्, ‘कमर्सियल भन्दा सामाजिक सन्देश मूलक फिल्मको आयु लामो हुन्छ । यस्ता फिल्म मनदेखि बन्छन्, कम्प्युटरबाट होइन ।Nikesh Limbu nepali movie Producer-1

लिम्बु निर्मित रातो घर जेठ १९ मा नेपाल रिलिज हुदैछ । २०१५ जुलाइ २५ मा लन्डनमा रिलिज हुदा रातो घरलाई वाह वाह मिलेको थियो । निकेश सम्भावित रातो घरको नेपाल रिभ्यूलाई लिएर उत्साहित छन् । उनको कम्पनी एन फिल्मस एन्ड क्रिएसनले वर्षेनी नेपाली कलामा योगदान दिने खालका चलचित्र उत्पादन गर्ने लक्ष्य लिएको छ ।
पहिलोपटक मिलन चाम्स निर्देशित हासियामा सहायक निर्माताको रुपमा फिल्म निर्माण थालेका निकेश अहिले रातो घर हुदै ब्लाइन्ड रक्सको बिन्दुसम्म आइपुगेका छन् । ‘यतिबेला म विदेशमा भएपनि नेपाली कला, संस्कृतिको जगेर्ना गर्नको लागि क्रियाशिल छु । मेरो उद्देश्य नेपाली सिनेमाको अन्तराष्ट्रियकरण नै हो’ निकेश सुनिए, ‘हासिया, रातो घर र ब्लाइन्ड रक्स निर्माण पछाडिको उद्देश्य यही नै हो ।
ब्लाइन्ड रक्स निर्माणको संयोग पनि गजब रहेछ । रातो घर पोस्टप्रोडक्सन भैरहेको बेला टीभीमा अनिल केशरी शाहद्धारा संचालित कार्यक्रम म : मोमेन्टमा सृष्टिको उत्प्रेरणात्मक प्रवचन सुनेपनि निकेशलाई ब्लाइन्ड रक्स हौसला सवार भएको रहेछ । त्यसपछि उनले सृष्टिको प्रवचन सिंगो विश्वले सुन्नुपर्ने धारणा राखे अनि सुरु गरे एक्सन कट्को सोच ।
भविष्यमा कुनैबेलाकी लिजेन्ड कृष्टि मैनालीसँग फिल्म गर्ने सोचमा छन् निकेश । उनी कृष्टिका प्रशंसक हुन् । ‘म उहााको प्रशंसक हु । उहाले माने भविष्यमा सगै फिल्म गर्ने रहर छ’ निकेशले बताए । यतिबेला, निकेश जेठ १९ मा लाग्ने रातो घर हेर्न सबै दर्शकलाई आग्रह गर्दैछन् ।

RAATO GHAR Official Trailer #2 | Willson Bikram Rai | Gaurab Pahari | Menuka Pradhan | Mala Limbu |

प्रतिक्रिया