Bisal Chautari Logo

म्यानमारलाई उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र दिएको खुलासा

- २० माघ २०७४, शनिबार १३:१६ मा प्रकाशित


North Korea reveals giving ballistic missiles to Myanmar
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ २० शनिबार । उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध हुँदाहुँदै विभिन्न सामग्री निर्यात गरेको खुलासा भएको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उत्तर कोरियाले विभिन्न वस्तु निर्यात गरेर अघिल्लो वर्ष २० करोड अमेरिकी डलर आम्दानी गरेको खुलासा भएको हो ।
विज्ञहरुले तयार पारेको प्रतिवेदनमा चीन, रुस र मलेसियासहितका मुलुकले उत्तर कोरियाबाट हुने निर्यात रोक्न नसकेको उल्लेख छ । उत्तर कोरियाले सिरिया र म्यानमारमा हतियार पठाएको तथ्य फेलापरेकोसमेत जनाइएको छ ।
चीन, मलेसिया, दक्षिण कोरिया, रुस र भियतनामले उत्तर कोरियाबाट कोइला खरिद गरेका छन् । सिरियालाई रासायनिक हतियार निर्माण गर्न सहयोग गरिरहेको र म्यानमारलाई उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र उपलब्ध गराएको दाबी गरिएको छ । म्यानमार र सिरियाका अधिकारीहरुले भने यस्तो दाबी अस्वीकार गरेका छन् ।
सिरियाली अधिकारीहरुले भने खेलकुद सामग्रीमात्रै उत्तर कोरियाबाट ल्याएको जिकिर गरेका छन् । विभिन्न बहुराष्ट्रिय तेल कम्पनीमाथि उत्तर कोरियालाई पेट्रोलियम पदार्थ बिक्री गर्न भूमिका खेलेको विषयमा पनि अनुसन्धान जारी छ ।

प्रतिक्रिया