Bisal Chautari Logo

भूत आतङ्क: भूतले होइन मान्छेले दु: ख दिँदै छ यसरी (भिडियो सहित)

- २३ माघ २०७४, मंगलवार ११:५४ मा प्रकाशित


Not a ghost, man is hurting
विशाल चैतारी समाचार
नवीन राई
काठमाडौँ, २०७४ माघ २३ मङ्गलवार । ललिपुरको एक घरबाट भूतले सताएको भन्दै बारम्बार न्यूज 24नेपालको लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’लाई आयो । यो विषयलाई लिएर अनगन्ती टेलिफोन कलहरू आए । धेरै फोनहरू आए पछि सिधा कुराका टिम जान बाध्य भयो । कुरा भूत, प्रेतको मात्र थिएन एउटा सिङ्गो परिवार महिना दिन देखी आतंकित थियो ।
सिधा कुराको टोली इतिहासमै पहिलो पटक भूत प्रेत सम्बन्धी विषयको रिपोटिङ गर्न ललितपुरको टिकाथली पुगे। शनिवार बेलुका टेलिभिजनबाट उक्त समाचार प्रशाण भयो । जब भूत सम्बधिको रिपोट प्रसारण भएपछि सामाजिक सञ्जालमा भाइरल बन्यो ।

अहिले यो घरमा विभिन्न मिडियाहरू साथै अन्या मान्छेहरूको भिड लागेको छ । कुनै मेला भन्दा नि घटिको छैन यहाँ मान्छेहरूको भिड । मान्छेहरूको धेरै भिड लागेपछि नेपाल प्रहरी समेत लगी परेका छन् । भिडलाई कम गर्ने प्रहरी खटिएको छ ।
भूतले भन्दा नि अहिले मान्छेहरूले बढी दु: ख दिन थालेको छ । सबैले आएर भूतको बिषयालाई लिएर अनावश्यक कुरा सोध्न थालेपछि पीडित परिवार थकित बनेका छन् । अहिले मिडियाहरूलाई पनि रोग लागाएको छ । मिडियाहरूले धेरै दु :ख दिन थालेपछि हामीले रवि लामिछानेलाई मात्रै दिएको है भन्दै परिवारले भनेका छन् ।
परिवारको समस्या के हो भन्दा नि मजाकमा उडाउँदै परिवारलाई अन्या मान्छेहरूले दु: ख दिने गरेको छ । घरमा भित्र पस्दा पुरै हो हल्ला गर्दै पसेका छन् । के यिनीहरू पिडितकों समस्याको समाधानका लगी आएका हुन त? कि रमाइलो र मजाकको लगी आएका हुन?  मान्छेहरूले खाएको छ हिँडेको छ यो के को हल्ला ? भन्दै परिवारलाई धम्की पनि दिएका छन् । यसरी धम्की दिरहदा कतै भूत बनेर त्याहि मान्छेहरूले त कतै दु :ख दिइरहेको छैनन् ? यो एउटा प्रश्नको विषय बनेको छ ।

भिडियो

प्रतिक्रिया