Bisal Chautari Logo

पार्टी एकतापछि ओली र प्रचण्ड, को अध्यक्ष? को प्रधानमन्त्री? निकाल्योे संयुक्त विज्ञप्ती

- २ पुष २०७४, आईतवार १२:५३ मा प्रकाशित


Oli and Prachanda
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २ आइतवार । प्रतिनिभि सभा र प्रदेश सभामा सानदार जित पछि वाम गठबन्धनले पत्रकार सम्मेलन गरेको छ । आइतवार राजधानीमा वाम गठवन्धनले संयुक्त पत्रकार सम्मेलन गरेको हो ।

सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू यसअघि प्रधानमन्त्री भइसकेको र सजिलै पद छाडेको व्यक्ति भएकाले फेरि पनि प्रधानमन्त्री हुने कुनै लोभ नरहेको बताए ।
‘पार्टी एकता भए पछि दुई नेता (ओली र प्रचण्ड)मध्ये को अध्यक्ष र को प्रधानमन्त्री बन्ने ?’ पत्रकारले सोधेपछि जवाफ दिँदै प्रचण्डले यस्तो भनेका हुन् ।
आफू र प्रचण्ड पार्टी एकीकरण हुनु अगाडि नै अध्यक्ष रहेको र आफूहरुको बीचको एकता कुनै एक व्यक्तिको पार्टी अध्यक्ष हुने इच्छा पूरा गर्नका लागि नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताए ।
‘म अहिले नै एमालेको अध्यक्ष छु र प्रचण्डजी माओवादीको अध्यक्ष हुनुहुन्छ । हामीलाई अध्यक्ष नै हुनुपर्ने हो भने त पार्टी एकीकरण नगर्दा नै अध्यक्ष भएका छौं नि,’ ओलीले भने, ‘हाम्रो एकता कुनै एक व्यक्तिको फाइदा अथवा अध्यक्ष बन्ने चाहना पूरा गर्नका लागि हैन । देशलाई समृद्ध बनाउन हो ।’
ओली र प्रचण्डले संयुक्त विज्ञप्तीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आह्वान गरेका छन् । विज्ञप्तिमा पार्टी एकता र स्थिर सरकारको लागि दुवै पक्ष प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
संयुक्त विज्ञप्ती

प्रतिक्रिया