Bisal Chautari Logo

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

- २७ मंसिर २०७४, बुधबार १०:०६ मा प्रकाशित


One death from the accident of motorcycles
विशाल चौतारी समाचार
मोरङ,,२०७४ मंसिर २७ बुधवार । गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । उर्लाबारी–६ स्थित उर्लाबारी—मधुमल्ला सडकखण्डमा मोटरसाइकलको ठक्करबाट ३६ वर्षीय पैदल यात्री निलम पाण्डेको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे ४ प ३९१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका पाण्डेको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको मिक्लाजुङ–९ बस्ने २० वर्षीय मोहनकुमार श्रेष्ठ घाइते भएकाले उहाँको अरनिको हस्टिपलमै र पछाडि सवार २२ वर्षीया निशा गुरुङको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया