Bisal Chautari Logo

बालाजुमा बसको ढोकाबाट खसेर एक जनाको ज्यान गयो

- २४ पुष २०७४, सोमबार १२:१३ मा प्रकाशित


One died by killing from the door in Balaju
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २४ सोमबार । काठमाडौं बालाजु नजिकै बसको ढोकाबाट खसेर एक जनाको ज्यान गएको छ । सोमबार बिहान बा ३ ख ६६ ९५ नम्बरको बसको ढोकाबाट खसेर घाइते भएका बानियाटारका आशिष रिजालको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगन्जमा ज्यान गएको प्रहरीले जनाएको छ ।
                                                                                                                             फाइल फोटो

त्यस्तै काठमाडौंको नयाँबजारमा बसको ठक्करबाट घाइते भएका गोरखाका आइसिङ गुरुङको ज्यान गएको छ । गुरुङको ग्रिनसिटी अस्पताल सामाखुसीमा उपचारका क्रममा दिउँसो ज्यान गएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।

प्रतिक्रिया