Bisal Chautari Logo

वन वे’को प्रिमियरमा छोरा सिद्धार्थलाई हेर्न पुगे दिपक मनाङे (चर्चित सेलिव्रेटी उपस्थित सहितको फोटो फिचर )

- २८ माघ २०७१, बुधबार १७:३४ मा प्रकाशित


ONE WAY movie Premier’s siddharth gurung son came to see deepak manange
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, माघ २८, बुधबार । यस वर्ष दर्शकहरुको धेरै पर्खाइमा रहेको चलचित्र हो ‘वन वे’ । आउदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वन वे’को आज काठमाण्डौको सिटिसी मलमा भब्य प्रिमियर गरिएको छ । प्रिमियर शोमा चर्चित चलिचत्रकर्मीदेखि रंग पत्रकारहरुको सहभागी थियो ।

ONE WAY movie Premier's siddharth gurung son came to see deepak manange
चलचित्र ‘वन वे’का निर्माता रहेका दिपक मनाङे पनि आफ्नो छोरा सिद्धार्थ गुरुङको अभिनय हेर्नका लागी उपस्थित भएका थिए । दिपकका छोरा सिद्धार्थ गुरुङ यही चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेका छन् । दिपकले चलचित्रको औपचारीक कार्यक्रमपछि पुरा समय आफ्नो छोरा सिद्धार्थको अभिनयलाई हेरे । चलचित्र हेरेर छोरा सिद्धार्थको कामको तारिफ गरेका छन् ।

ONE WAY movie Premier's siddharth gurung son came to see deepak manange (21)
ONE WAY movie Premier's siddharth gurung son came to see deepak manange (7)आरसी पिक्चर्सको ब्यानरमा तयार भएको चलचित्र ‘वन वे’ले उठान गरेको बिषयवस्तु सकारात्मक रहेको छ । ONE WAY movie Premier's siddharth gurung son came to see deepak manange (18)चलचित्रले बाबु–आमा नमिल्दा छोराछोरी गलत बाटोमा जान्छन् भन्ने देखाउन खोजेको छ । प्रिमियरमा पुगेकी अभिनेत्री करिश्मा मानन्धरले चलचित्र राम्रो बनेको बताउदै आफ्नो लागी यो सिनेमा निकै विशेष रहेको बताइन् । थपिन्, मलाई जति यो सिनेमा विशेष छ, त्यति नै सिद्धार्थ र मालाई यो सिनेमा विषेश रहेको छ ।’
त्यस्तै निर्माता राजकुमार राईले सिनेमा राम्रो बनाउने प्रयास गरेको बताउदै यसको सहि जवाफ दर्शकहरुले दिने बताए । उता सिनेमामा मुख्य खल पात्रको रुपमा रहेका रविन तामाङले सिनेमाको रिलिज धेरै समय कुरेको अब पुरा भएको बताए ।
चर्चित निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको चलचित्रमा सिद्धार्थका अलवा नव–अभिनेत्रीको रुपमा माला लिम्बुपनि यही सिनेमाबाट रिलिजको हिसावले डेब्यु गरेकी छिन् । यसका अलवा अभिनेत्री करिश्मा मानन्धर, रविन तामाङ, विल्सन विक्रम राई, श्याम राई , भानु प्रताप, प्रकाश ओझा लगायतको अभिनय रहेको छ ।
चलचित्रको प्रिमियर शोमा सिनेमाका अभिनेता श्याम अर्याल, अभिनेत्री केकी अधिकारी, अनु शाह, पुजना स्त्री, हास्य अभिनेत्री दिपाश्री निरौला, हास्य अभिनेता तथा निर्देशक निर्मल शर्मा, सन्दिप क्षेत्री, विकाश बोर्डका सदश्य सुरेश दर्पण पोखरेल लगायत उपस्थित रहेका थिए ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8378,8377,8371,8372,8367,8358,8368,8364,8365,8362,8361,8363,8360,8373,8359,8357,8354,8369,8376,8375,8374,8370″]

प्रतिक्रिया