Bisal Chautari Logo

‘वन वे’ : शिक्षा मुलक तर स्ट्यान्र्डर

- १० फाल्गुन २०७१, आईतवार १५:५८ मा प्रकाशित


one way nepali movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन १०, आइतबार । शिक्षा र मनोरन्जन दुबै खुराक दर्शकलाई दिने प्रयास गरेको एक चलचित्र गत फागुन १ गतेदेखी रिलिज भएको छ । सो चलचित्रको नाम हो ‘वान वे’ । सिनेमाको ब्यावसाय भन्नुपर्दा एभ्रेजमा रहेको छ । धेरै राम्रोपनि होइन र धेरै नराम्रोपनि होइन । ‘वान वे’को कमाई अहिलेसम्म एभ्रेजमा रहेको छ । चलचित्रले अपेक्षा अनुसार ब्यापार नगरेनपनि तर चलिरहेको अन्य नेपाली चलचित्रको ब्यापार भन्दा सन्तोषजनक ब्यापार गरेको छ ।

one way nepali movie
अहिले दोस्रो हप्तामा रिलिज भइरहेको चलचित्रलाई विदेशमा नेपालीहरुले चाही मनपराउने विश्वास गर्न सकिन्छ । किनकी बिस्तारै परिवर्तन भइरहेको नेपाली सिनेमालाई प्रोत्साहन गर्ने क्षमतासंगै विश्व बजारका सिनेमाहरु हेरीरहेको मुख्य कारण हुन सक्छ ।
सिनेमा पात्र लाइन एक डिभोर्सी परिवारको एक किशोरको कथा हो । जहा किश्वरको साथमा एक डन, एक डिभोर्सी महिला, एक बोल्ड केटी र सो किश्वरको केही साथीहरु बिच सिनेमाको दैनिकी, संघर्ष, किश्वरपनका चाहना, प्रेम र परिवारबिचमा सिनेमाको कथा घुमेको छ । सिनेमालाई चाहिने कमेडी, एक्सन, प्रेम, रोमान्स मिसाइ चलचित्र ‘वान वे’ शिक्षामूलक सिनेमा बनेको छ ।
युवाहरुका लागी शिक्षा मुलक बनेको सिनेमाको मेकिङ तारिफ गर्न योग्य रहेको छ । प्रिमियरमा सबैभन्दा बढी मनपराइएको पार्टपनि मेकिङ नै थियो । चलचित्र टेक्निकल पार्टमा राम्रो रहेको छ । एकैसाथ तीन क्यामेराले अलग अलग एंगलबाट दृश्य कम्पोजिसन र सटलाई कैद गर्न सकेका छन् सिनेमामा ।
समिक्षकमा राम्रा मानिएका प्रदीप भट्टराईले नेपाली समाजका आधुनिक तन्नेरीहरुको मनोभावलाई शिक्षा मुलक तवरबाट पटकथामा बुनेका छन् । सिनेमाको मुख्य कथा सेड (सिद्धार्थ गुरुङ–नव अभिनेता), उनको आमा निलिमा (करिश्मा मानन्धर) जो डिभोर्सी हुन्छिन् । दुई आमा छोरा एकैघरमा बस्छन् । एक डिस्कोमा सेडको गर्लफ्रेण्ड आस्था (माला सुब्बा– नव अभिनेत्री)का लागी झगडा पर्छ । झगडा परेको गुण्डाहरु चाल्र्स (रविन तामाङ)संग भेट हुन्छ । सेड मार्फत नै चाल्र्सले निलिमालाई भेट्छ । पहिलो भेटमै चाल्र्सले सेडको आमालाई एकोहोरो मनपराउन थाल्छ । सिधै बिबाह प्रस्तावपनि गर्छ । त्यसपछी मोड लिने कथा चाही थाहा पाउनको लागी सिनेमा नै हेर्नुपर्छ ।
निर्देशकिय पक्षमा सुरज सुब्बा नाल्बोको खासै तारिफ गरिरहेन पदैन । हरेक सिनेमामा फरक–फरक स्वाद चखाउनमा खप्पिस रहेका निर्देशक नाल्बोले ‘वन वे’मा भिन्नै स्टाइलमा स्वाद चखाउने प्रयास गरेका छन् । सबैलाई यसको स्वाद मिठो लाग्नु नलाग्नु अलग कुरा हो तर स्वाद भने दिर्घकालिन रहेको छ । जुन स्वाद केही वर्षपछी मिठो लाग्न सक्छ ।
सेड अर्थात सिद्धार्थ गुरुङ यस चलचित्रबाट डेब्यु अभिनेता हुन् । तर अभिनेता सिद्धार्थको एक्टिङ नवको जस्तो लाग्दैन । सायद नाटकमा गरेको अनुभवले हुन सक्छ । समग्रमा भन्ने हो भने अभिनेता सिद्धार्थले एक्सन सिनहरु धेरै राम्रो गरेका छन् । त्यस्तै नव कलाकारकै कुरा गर्दा माला सुब्बा (आस्था)को भुमिका छोटो भएपनि राम्रो काम गरेकी छिन् । मोडलिङबाट संगालेको अनुभवलाई मालाले ‘वन वे’मा उतार्न खोजेकी छिन् ।
सिनेमामा रविन तामाङको अभिनय बिशेष रहेको छ । उनको ड्रग्स् तान्ने बानि पात्र अनुसार ठ्याक्कै मेल खाएको छ । त्यस्तै करिश्मा मानन्धरको अभिनय केही फरक रहेको छ । विल्सनविक्रम राईको पात्र अन्य सिनेमाको भन्दा फरक खासै फरक नभएपनि कमेडीमा भने उसकै नाम अगाडी आउछ । सिद्धार्थको साथीको भूमिकामा विल्सन जमेका छन् । भानुप्रताप, आकाश खवास लगायतका कलाकारले पनि राम्रो काम सिनेमामा गरेका छन् । सिनेमाको संगीत तर्फ युवा पुस्ता बिच केन्द्रित रहेको छ । रक प्यार्टनको संगीत सिनेमाको कथा अनुसार म्याच खाएको छ । सिनेमामा रविन एन्ड द न्यू रिभोलुसनको संगीत तथा अभिनेता रविनकै गायकीपनि जमेको छ । समग्रमा सिनेमा एकचोटी हेर्नपर्ने सिनेमा बनेको छ ।
Watch TRAILER 

Cast: Siddharth Gurung, Karishma Manandhar, Rabin Tamang,Wilson Bikram Rai
D.O.P : Hari Ghale Lama
Cinematographer: Dipendra Pd Thapaliya, Tek Bahadur Rai
Fil Editor: Bipin Malla
Action: Roshan Shrestha
Script: Dr. Pradeep Bhattrai
Choreographer: Sangita Shrestha
Music: Rabin & The New Revolution , Dambar Nepali
Color Grading : Manoranjan Shrestha
VFX/Motion Graphics: Gautam Raj Khadka
Background Music: Mohit Munal
Dubbing: Manoj Rajbahak
Poster Design : Sundar SHrestha , Ujjwal Shrestha
Produced By: Rajiv Gurung “Deepak”
Story/Director: Suraj Subba “Nalbo”

प्रतिक्रिया