Bisal Chautari Logo

दोस्रो ‘कभर गीत अनलाइन सिङगिङ कम्पिटिसन–२०७४’मा फाइनलका लागी ४० जना छनौट (छनौट सुचि सहित)

- ९ बैशाख २०७५, आईतवार १४:३३ मा प्रकाशित


online cover song singing competition 2075/2018 SEASON 2 – final episode
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ बैशाख ९, आइतबार । साङ्गीतिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुपको पहिलो अभियान सफल भएपछी दोस्रो अभियान ‘एतिहासिक अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४ सिजन–२’ को फाइनल एपिसोडका लागी ४० जना प्रतिस्पर्धीहरु छनौट भएका छन् ।
पहिलो एपिसोडका लागी करिव ५ सय भन्दा बढी प्रतिस्पर्धीहरुले फारम भरेकोमा १६६ जना छनौट भएकाहरुबाट दोस्रो एपिसोडका लागी ५१ जना छनौट गर्दै, फाइनल चरणका लागी ४० जना छनौट गरिएको हो ।
विशाल चौतारी मिडिया प्रा.लीको आयोजनामा भइरहेको ‘दोस्रो अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४’को निर्णायकहरुमा राष्ट्रको पहिलो नेपाल आइडल विक्रम राई, गायक तथा मोडल रुकमान लिम्बु, गायक तथा संगीतकार विनोद खम्बु, गायक पदम राई र गायक आशुततोष राई रहेका छन् ।
थर्ड एपिसोड फाइनल राउण्डका लागी फिमेल भर्सनमा मेलिना राईको स्वरमा रहेको ‘सम्झी सम्झी बोलको गीत समावेश हुनेछ । ममता राईको शब्द रहेको यस गीतमा सविन लिम्बुको संगीत रहेको छ । थर्ड एपिसोड – मेल भर्सनमा भने युवा गायक पदम राईको स्वरमा रहेको ‘राम्रीमा राम्री’बोलको गीत समावेश गरिएको छ । यस गीतमा समिर लिम्बुको संगीत रहेको छ, भने भक्त सुनुवारको शब्द रहेको छ ।
यो भन्दा अगाडी पहिलो एपिसोडमा गायिका तथा मोडल यशोदा खालिङ राईको स्वरमा सजिएको गीत ‘नशालु तिम्रो हेराइले’ बोलको गीत प्रतिस्पर्धीहरुले गाएका थिए, भने मेल भर्सनमा भने पहिलो नेपाल आइडल बिक्रम राईको स्वरमा रहेको ‘तिमीलाई माया गर्न पाउ’बोलको गीत रहेको थियो ।
दोस्रो एपिसोड–फिमेल भर्सनमा गायिका यशोदा खालिङ राईकै स्वरमा रहेको ‘खबर केही छैन’ बोलको गीत रहेको थियो । यस गीतमा सबिन लिम्बूको संगीत रहेको छ, भने ममता राईको शब्द रहेको छ । त्यस्तै दोस्रो एपिसोड–मेल भर्सनमा युवा गायक तथा मोडल रुकमान लिम्बुको स्वरमा रहेको ‘तिमीलाई म के भनु’ बोलको गीत रहेको छ । यस गीतमा डम्बर नेपालीको शब्द संगीत रहेको छ ।
‘एतिहासिक अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४ सिजन–२’ विजेताले प्रमाणपत्रको साथमा २५ हजार नगद पुरस्कार जित्नेछन् । साथमा गीतकार ममता राईको शब्दमा एउटा गीत रेकर्डपनि गराइनेछ । त्यस्तै फस्ट रनरपले प्रमाणपत्रको साथमा १५ हजार जित्नेछन् । फस्ट रनरपलाई पनि विष्णु पोल्वाङछा चाम्लिङको शब्दमा एउटा गीत रेकर्ड गराइनेछ ।
त्यस्तै सेकेन्ड रनरपले प्रमाणपत्रको साथमा २५ हजार नगद पुरस्कार जित्नेछन् । यस आवरण गीत गायन प्रतियोगितामा महिला र पुरुषका आवरण गीत रहनेछ । सिजन १ का फस्ट रनरप र सेकेन्ड रनरपले पनि यस आवरण गीत गायन प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
विशाल चौतारी मिडिया प्रा.लीको आयोजना भइरहेको प्रतियोगिताको प्रायोजकहरुमा साङ्गितिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुपका बिष्णु पोल्वाङ्छा चाम्लिङ, पुर्ण खालिङ राई, राज मादिहाङ, मनकुमार साम्पाङ राई, राजेशपल लिङ्दम लिम्बू, बाबू राई, कैलाशमान राई, ममता राई, गंगा राई, सञ्जु लिम्बू, यशोदा खालिङ राई, लब्ली सुजु साम्पाङ राई, रोशनी गुरुङ र सुमि लाबुङ लिम्बू रहेका छन् ।
थर्ड एपिसोड फाइलन राउण्डका लागी छनौट भएका ४० जना प्रतिस्पर्धिहरुको क्रमश नाम :-

1. उपेन्द्र राई
2. पारुहाङ्ग खालिङ
3. डोरेन्द्र लिम्बू
4. अनिता थुलुङ
5. गोर्ख लिम्बू
6. जीवन कुमार लिम्बू
7. राधिका खड्का (स्विमिन)
8. अनिला आङ्देम्बे
9. करण बोम्जन
10. पुकार थुलुङ
11. भुपेन्द्र बस्नेत
12. कल्पना सुनुवार
13. बिबश घायल राई
14. हरि कुरुङ्बाङ
15. रेशु कुलुङ राई
16. सुशीला देवन
17. बिबेक लिम्बू
18. मिलन खालिङ
19. प्रदिप नगरकोटी
20. दिनेश खालिङ राई
21. सुबाश लिम्बू
22. रेनुका मुखिया
23. अबिनाश राई
24. रोशन इशारा राई
25. तयाहाङ राई
26. बुद्ध लिम्बू
27. सुबाश राईपाछा
28. कमल आङ्ला
29. गणेशमान तामाङ
30. प्रबिन लिम्बू
31. अनन्त प्रधान
32. अमर योन्जन
33. सोनि खालिङ राई
34. मुना राई
35. प्रेम मगर
36. पर्सु खालिङ राई
37. दिनेश कुमार लिम्बू
38. अजय आङ्ला
39. बिपशा तामाङ
40. मनि चाम्स

प्रतिक्रिया