Bisal Chautari Logo

चिहान खनेरै ओस्कार अवार्ड, वर्षिक ३५ लाख आम्दानी

- ११ मंसिर २०७४, सोमबार ०७:१५ मा प्रकाशित


Oscar Award
एजेन्सी
काठमाडौँ ,२०७४ मंसिर ११ सोमवार । बेलायतमा लास गाड्नका लागि चिहान खन्ने काम गरेरै ओस्कार हवार्ड पाएका छन्। मार्टिन हाउसलाई चिहान खन्ने कलाको सम्मानमा ओस्कार अवार्ड प्रदान गरिएको हो ।
उनले चिहान खनेरै वर्षको २५ हजार पाउण्ड अर्थात् झण्डै ३५ लाख रुपैयाँ आम्दानी गर्दछन् । उनको यो अनवरत संघर्षका कारण उनलाई पुरस्कार प्रदान गरिएको हो । उनको चिहान खन्ने कलाको सम्मानमा उनलाई Death Oscar अवार्ड प्रदान गरिएको हो । उनलाई हालैमात्र बेलायतका सर्वोत्कृष्ट ग्रेभडिगर अर्थात् चिहान खन्नेवाला मान्छे समेत घोषित गरिएको छ ।
बेलायतमा चिहानहरुको अनुगमन गर्ने एक निकायले मार्टिनलाई यस्तो उपाधि दिएको हो । उनको वातावरणमैत्री कार्यका लागि यस्तो उपाधि प्रदान गरिको उक्त निकायले जनाएको छ ।
मार्टिनले आफ्नै हात तथा खन्ने हाते औजार प्रयोग गरी कुनै मेसिनको सहायता विनै ६ देखि ७ फिटसम्मको निकै सुन्दर चिहान खन्दछन् ।

प्रतिक्रिया