Bisal Chautari Logo

अविरल बर्षाले देशभर जनजीवन प्रभावित, विभिन्न ठाउमा डुवन

- २८ श्रावण २०७४, शनिबार ०७:३३ मा प्रकाशित


over raining in nepal
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २८ शनिबार । देशका विभिन्न भागमा परेको अविरल बर्षाले जनजीवन प्रभावित भएको छ । केही ठााउमा डुवानको समस्या देखिएको छ । badi-biratnagar_feQjWca71O

शुक्रबार राति अविरल वर्षासागै आएको बाढी र पहिरोले देशैभरि बबण्डर मच्चाएको छ । शनिबार विहानसम्म प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ । दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ ।

गृहमन्त्रालयका अनुसार अहिलेसम्म बाढी र पहिरोमा परेर २३ जनाको ज्यान गएको छ भने चार जना हराइरहेका छन् ।
nepalgunj1

गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । त्यसैगरी राप्ती नदीपारिको वस्तीसमेत डुबेको गृहले जनाएको छ ।
प्रकोपबाट पीडित बनेकाहरुको उद्धारमा सुरक्षा संयन्त्र सक्रियरुपमा खटिरहेको गहमन्त्री जनार्दन शर्माले बताए ।

अहिलेसम्मको विवरण अनुसार सुनसरीमा ६, सिन्धुलीमा ४, बााकेमा ४, झापामा १ र मोरङमा १ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै पााचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो ।
शनिबार बिहानसम्म प्राप्त विवरण अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकामा बाढीले बगाउादा वालवालिका र वृद्धसहित ६ जनाको शव फेला परेको छ ।
SAMSUNG CAMERA PICTURES

बाढीका कारण इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनासमेत डुबानमा परेको छ भने बजार जलमग्न बनेको छ ।
मोरङको केराबारी ९ कुसुमे गौडामा खोलाले बगाउादा स्थानीय को मृत्यु भएको छ । रातिको बाढीले कुसुमेका ४ घर बगाएको छ भने देवीझोडा, बेलचौरीमा क्षति र्पुयाएको छ । त्यस्तै केराबारी( ५ मा समेत बाढी पसेको छ । केराबारीको डाागी र मुगुमा समेत बाढीले क्षति र्पुयाएको छ । मोरङको सुन्दर हरैंचामा वृद्धाश्रममा रहेका ३ जना ज्येष्ठ नागरिकलाई बगाएर बेपत्ता बनाएको छ ।
बिराटनगर महानगरपालिका पूरै जलमग्न देखिएको छ । विमानस्थलमा सुरक्षा गार्डको आवाससमेत डुबेको छ ।
मोरङ जिल्लामा करिब १५ सय घरहरु डुबानमा परेको प्रारम्भिक रिपोर्ट आए पनि क्षतिको पूर्ण विवरण आइसकेको छैन । लोहोन्ऽा, बक्राहा लगायतका खोलाले जिल्लामा ठूलो क्षति र्पुयाएको छ । तर, नेपाल टेलिकमको सञ्चार सेवा रहस्यमय तरिकाले अवरुद्ध हुादा सूचना संकलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
झापामा पनि बाढीले ठूलो मात्रामा जमिन र घरहरु डुबानमा पारेको छ । झापामा बाढीका कारण एकको

प्रतिक्रिया