Bisal Chautari Logo

यसरी तेडिन् पानीपुरी खाने रेकड यी महिलाले (भिडियोसहित)

- ८ आश्विन २०७४, आईतवार ०७:०० मा प्रकाशित


Panipuri competitions 
एजेन्सी
काठमाडौँ, २०७४ असोज ८ आइतबार । पनिपुरी केटाकटिदेखि लिएर बुढाबुडी सबैले खाने गरेको पाइन्छ । धरै चाहि अहिलेका युवायुवतीले खाने गरेको पाइन्छ । पानिपुरीको ब्बयापार पनि राम्रोे चलेको पाइन्छ । बाटोको चोक चोकदेखि लिएर सटर र गोदासम्म रहेको पाइन्छ ।

एकजना महिलाले पानीपुरी खाइरहेको भिडियो अहिले सोसल साइटमा एउटा भाइरल बनिरहेको छ । उक्त भिडियोमा एकजना महिलाले पानीपुरी खाइरहेको देखिन्छ । महिलाले यस्तोसँग पानीपुरी खाइरहेकी छिन् कि उनले पानीपुरी खाने अहिलेसम्मका सबै मानक भत्काइदिएकी छिन् ।
वास्तवमा ती महिलाले कुनै प्रतियोगितामा पानीपुरी खाइरहेकी हुन् । भारतको कोलकातास्थित लायन सफारी पार्कमा अगष्ट २७ का दिन पानीपुरी खाने प्रतियोगिताको आयोजना भएको थियो । विभिन्न उमेर समूहका झण्डै १ सय जनाले प्रतियोगितामा भाग लिए ।
त्यसमा भाग लिएकी एक महिलाले पानीपुरी खाइरहेको दृश्य चाहिँ निकै रोचक छ, भलै उसको नजिकै एक अर्को युवकले पनि उसैगरी पानीपुरी खाइरहेको छ, शान्त रुपमा ।
एक एक गरी पुरीभित्र पानी हालेर क्वाप्प खानुको साटो उनले दुईचार गोटा पुरी कच्याककुचुक गरेर मुच्छिन् अनि त्यसमा मसला र पानी मिलाएर खान्छिन् । एउटा प्लेट सिध्याएपछि फेरि अर्को प्लेट पानीपुरी दौडिएर ल्याउँछिन् र उसैगरी खान्छिन् ।
हेरौं यो भिडियो

प्रतिक्रिया