Bisal Chautari Logo

नेइमारको चार गोलसगैँ पेरिस सेन्ट–जर्मेन सान्दार जित

- ४ माघ २०७४, बिहीबार ०९:५९ मा प्रकाशित


Paris Saint-Germen converts the four goals of Neimar
विशाल चौतारी समाचार
टोकियो, २०७४ माघ ४ बिहिबार । फ्रेन्च लिग वान फुटबल अन्तर्गत खेलमा लिग लिडर पेरिस सेन्ट–जर्मेन ९पिएसजी०ले शानदार जित दर्ता गरेको छ । बुधबार राति मैदानमा भएको खेलमा नेइमारको चार गोलको मद्दतमा पिएसजीले डिजोनलाई ८–० ले हराएको हो ।
पिएसजीका लागि एन्जल डी मारियाले दुई तथा एडिसन काभानी र केलियन एमबाप्पेले एक एक गोल गरे । डी मारियाले चौथो र १५ औँ मिनेटमा गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाए । २१ औँ मिनेटमा काभनीले गोल गरेपछि पिएसजीको अग्रता ३–० मा पुग्यो ।
४२ औँ मिनेटमा नेइमारलेपहिलो गोल गरेपछि पिएसजीले पहिलो हाफमा ४–० को अग्रता लियो । नेइमारले दोस्रो हाफमा थप तीन गोल गरे । उनले ५७ र ७३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ७७ औँ मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीको अग्रता ७–० मा पुग्यो । नेइमारले ८३ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरमा पनि गोल गर्दै पिएसजीलाई ८–० को जित दिलाए ।

प्रतिक्रिया