Bisal Chautari Logo

दलित र जनजातीको मुद्दालाई अतिरन्जित गर्न खोजियो ! (प्रसंग पशुपति शर्माको एक गीतको)

- ९ श्रावण २०७१, शुक्रबार ०४:५८ मा प्रकाशित


pasupati sharma song  

शान्तकुमार पहरी 

पशुपति शर्मा र देविका केसीको हामी नेपाली हौ भन्ने गीतमा मेरो भन्नु :-

भर्खर बजारमा आएको पशुपति शर्मा र देविका केसीको तिजको हामी नेपाली हौ भन्ने बोलको गीतले यतीबेला धेरैजनाले धेरै तरिकाले टिका टिप्पणी गरेको छन , मलाई पनि केही टिप्पणी गर्न मन लाग्यो  विशेषतः pasupati sharma song   (1)
केही साथीहरुले गीतले राम्रो सन्देश दिएको छ भन्ने कुरा गरेका र गीतको आसय पनि जातिय समानता हुनु पर्छ भनेता पनि त्यसभित्र प्रयोग भएका शब्दले आम दलित र आदिवासी जनजाती अधिकारकर्मी माथि वान हान्न खोजेको छ् !
यो गीतले राम्रो सन्देश दिने बहानामा संघिय गणतन्त्रको मर्म र भाबना बिपरित बनाइएको छ ! यहाँ नेर धेरै गीतको सब्दहरु दलितको भाबना माथि चोट पुग्ने खालको छ !
केको बाहुन, केको कामी, के को जनजाति
जातका कुरा गर्नेहरु देशको लागि घाती
जातका कुरा गर्नेको दिमाग कहाँ छ
मेरा छोराले कमिनी ल्यायो,
मेरी छोरी नी दमाईसित गई
मैले गुर्सिनी ल्याकै हो,
हामी नेपाली हौ,
मलाई त्यत्ति थाहा छ,
pasupati sharmaयो गीतले जातिय भेदभाब अन्त्य गर्न पर्छ भन्ने कुरा गरे पनि यहाँ भित्र प्रयोग भएको शब्द दमाई, कामी , चमार यि शब्द भनेको सामन्तीले प्रयोग गर्ने शब्द हो ! यो कुरालाई अधिकारवला संघसस्थाले बिरोध गरेका छन ! मुद्दा हालो भने उनलाई जातीय भेदभाव तथा छुवाछुत -कसूर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा १२ मा कसैले श्रव्य, दृश्य सामग्री, लेख, रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रशारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै गरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिको उचनीच दर्शाउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठहर्‍याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन नहुने उल्लेख छ । सो कसूर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा पाँचसय रुपैयाँदेखि दशहजार रुपैयाँसम्म जरिवाना वा दुबै सजायँ हुने व्यवस्था छ । यो कानुन हुँदा दुदै पनि उनले बजारमा उक्त गीत रेडियो , टि।भी मा बज्न थालेको छ् दलितको हक अधिकारको लागि काम गर्ने केही सस्थाहरुले त दलितको भाबना बिपरित भयो भनेर प्रेस बक्तब्य मार्फत बजारमा नलिउन अनुरोध गरेको छ भने बिभिन्न दलित र जनजाती अधिकारकर्मीहरुले बजारमा गीत नलिउन चेतावनी समेत दिएका छन ! हुन पनि सो गीतले प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले आदिबासी जनजाति र दलितको
मुद्धाहरुलाई गलत तरिकाले प्रचारबाजी (अतिरन्जित) गराउन खोजिएको छ नेपालमा संघीयता बिषयमा पहिचानको कुरालाई अपव्याख्या भइरहेको बेला पशुपती शर्मा र देबी के.सी को गीतले झन अन्न्यौल सिर्जना गरेको छ ! पहिचानको कुरा जनजातिहरुले उठाइरहेका छन् । दलितहरुले न्याय र समानताको कुरा उठाइरहेका छन् । न्याय र समानताको कुरा उठाउनेहरु देशको लागि घाती नै हुन् त ? जातका कुरा गर्नेको दिमाग कहाँ छ? भनेर पनि जनजाति र दलितलाई नै भनिएको छ त्यस कारण गायकदयलाई अहिले निकै नै गाह्रो परेको छ ! यस गीत दलितको पक्षमा सन्देश दिन खोजेको छ भन्ने बुझाइ कम्तिमा मेरो छैन । यस्तो गीतले सन्देश दिने होइन, सामाजिक सद्भाव भड्काउने काम गर्छ सञ्चारमाध्यमहरुले पनि यस्ता गीतलाई प्रवर्द्धन गर्नु हुँदैन ‘हामी नेपाली हौ’ भनेर नेपालीहरुलाई भावनात्मक रुपमा बाध्न खोजेको छ अनी दलित समानताको बारेमा केही कुरा सन्देश दिने प्रयास गरेजस्तो देखाउन खोजिएको छ तर हेपाह चरित्रले त्यस कारणले गर्दा दलितहरुको भाबनामा चोट पुगेको हो भन्दा फरक नपर्ला ! आजभोलि नेपाली गीत संगीतमा भएको बिक्रितीले नेपालीपन नै धरापमा परेको छ् आध तिख्रा देख्ने लुगा र सेक्सको कुरा नसमेती केही चल्दैन भन्ने मनसयले बनाएको गीतसंगित र फिल्मले समाजमा बिक्रिती फैलाएको छ यस कुरामा सरकार र सम्बन्धित निकाएले मापडन्द बनाउन जरुरी छ !!

यस लेखका लेखक शान्तकुमार पहरी पत्रकार हुनुहुन्छ ।  उहा हाल अध्ययनका लागी जापानमा हुनुहुन्छ ।

प्रतिक्रिया