Bisal Chautari Logo

पविताको दोस्रो एल्वम ‘मौकैले हो की’ विमोचित (फोटो फिचर सहित)

- २ आश्विन २०७३, आईतवार ११:४० मा प्रकाशित


pavita puma rai release second album Maukai le ho ki
विशाल चौतारी समाचार
तस्बिरहरु  : विशाल राई
काठमाडौ, २०७३ असोज २ आइतबार । ६ वर्षपछी गायिका, मोडल तथा नाट्यर्मी पविता पूमा राईको दोस्रो गीति एल्वम् ‘मौकैले हो की’ सार्वजनिक भएको छ । ‘विशाल चौतारी मिडिया प्रा.लीबाट बजारमा आएको एल्बमलाई गत शनिबार प्रमुख अथिति प्राज्ञ श्रवण मुकारुङ, संगीतकार पारस मुकारुङ, गीतकार रमेश पौडेल तथा गायिका पविता पूमा राईले संयुक्त रुपमा एल्वम् बिमोचन गरेका थिए ।
pavita-puma-rai-release-second-album-maukai-le-ho-kiकार्यक्रममा प्रमुख अथिति श्रवण मुकारुङले एल्वममा रहेको पूर्वेली जुहारी गीतको चर्चा गर्दै भने– ‘जुहारी गीत संगीतभन्दा बढी साहित्य हो । गाउँमा मेला–पातमा एउटै लय र धुनमा सात दिन सात रातसम्म पनि हाम्रा पूर्खाहरु जुहारी गाउँथे । धुन त एउटै भइहाल्यो, त्यसमा कति कथ्नुपथ्र्यो होला त शब्द । त्यस हिसाबले जुहारी गीत चाँही साहित्य बढी संगीत कम हो ।’
pavita-puma-rai-release-second-album-maukai-le-ho-ki-13एल्वममा विविधता रहेको मुकारुङले बताएका थिए । उनले भने– ‘एल्वममा डाइमेन्सन छ । हत्तपत्त एउटै एल्वममा जुहारी, रोमान्टीक र अहिले हामीले भनिरहेको सुगम संगीत सुन्न पाइन्न । तर, त्यो डाइमेन्शन यस एल्वममा छ ।’ मुकारुङले थपे– ‘हामीले गर्ने संगीत दुई प्रकारका छन्, क्रिएटीभ र सोध÷अनुसन्धान÷संकलन । हामीले अहिले गरिरहेको संगीत भनेको क्रिएटीभ हो । लोकधुनलाई हामीले इलिमेन्टस् (तत्व)को रुपमा लिने हो । लोक गीतहरुमा धुनको लिमिटेशन (सीमा) हुन्छ । आजको संसारमा संगीत यसले मात्रै पूर्ण हुन सक्दैन ।’
pavita-puma-rai-release-second-album-maukai-le-ho-ki-4गायिका पविता पूमा राईले भने आफूले संगीत सिक्ने क्रममा प्राप्त गरेका शब्दहरु गाएको र आगामी दिनमा पूर्वेली जुहारी गीत गाएर नेपाली संगीतको क्षेत्रमा निरन्तर यात्रा गरिरहेका बताएकी थिइन् ।
त्यसैगरी चर्चित संगीतकार पारस मुकारुङले एल्वममा रहेको संगीतमाथि समिक्षात्मक टिप्पणी राख्दै भने– ‘एल्वममा रहेको संगीतले आफूलाई गाउँमै रहेको अनुभव गरायो । र, अहिलेको पुस्ता इस्टेज वरेन्टेड भएर गीत गाइरहेका छन् ।’
pavita-puma-rai-release-second-album-maukai-le-ho-ki-9वर्तमान नेपाली संगीतको बारेमा चर्चा गर्दै पारसले भने– ‘हामी कसरी गीत निर्माण गर्दैछौं ? गीतको बिचार कहाँनीर छ ? मेलवादेवीदेखि यहाँसम्म आउँदा वीचमा नेपाली संगीत नै छैन । भाषा मात्रै नेपाली गायौं कि संगीत पनि नेपाली गायौं ? हामी गम्भीर हुन जरुरी छ ।’ उनले थपे– ‘नेपाली संगीतलाई विश्वव्यापीकरण गर्ने नाममा हामीले अरु नै संगीतको सेवा ग¥यौं । राज्यले थोपरेको सुगम संगीतले हाम्रो मौलिक संगीतलाई ओझेल पा¥यो । हामी संगीतमा समय र पुँजी दुवै खर्च गरिरहेका छौं । हामीले खर्च गरेको समय र पुँजीले हाम्रै सौन्दर्यको संगीत निर्माण गर्न हामी लागीपर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै गीतकार रमेश पौडलले भने अहिले प्रविधिले संगीतलाई खाइदिएको बताए । उनले भने– ‘गीत अनुसारको संगीत हुँदा मात्रै सृजना अमर हुन्छ ।’ उनले एल्मका गीतहरु माझकिरातको परिवेशमा केन्द्रीत रहेको बताएका थिए ।
pavita-puma-rai-release-second-album-maukai-le-ho-ki-14चिन्डो म्युजिकद्वारा आयोजित बिमोचन कार्यक्रममा अहिलेका चर्चित युवा निर्देशक तथा गायक राजेश राई पुमा द्वारा निर्देशित ‘मौकैले हो की’को म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो । म्युजिक भिडियोमा योगेन्द्र राई र इसीका लिम्बुले अभिनय गरेका छन् । यस एल्बमको एउटा म्युजिक भिडियोपनि बनिसकेको छ । जसलाई अहिलेका चर्चित युवा निर्देशक तथा गायक राजेश राईले निर्देशन गरेका छन् ।
यस एल्बमको डोएट गीतमा गायिका पवितालाई चर्चित गायक राजेश पायल राई र युवा गायक राजेश राई पुमाले साथ दिएका छन् । एल्बमको टाइटल गीतमा राजेश राई पुमाले स्वरमा साथ दिएका छन्, भने रुवेन पुन मगर ‘रन’को शब्द तथा सुमन राईको संगीत रहेको छ । त्यस्तै ‘उकाली ओराली’ बोलको गीतमा राजेश पायलले स्वरमा साथ दिएका छन्, भने लालमान राईको शब्द तथा सुमन राईकै संगीत रहेको छ ।
pavita-puma-rai-release-second-album-maukai-le-ho-ki-12‘एकोहोरो भयौ’ बोलको गीतमा राष्ट्रगानका रचनाकार ब्याकुल माइलाको शब्द रहेको छ, भने डि.आर. अटुको संगीत रहेको छ । त्यस्तै ‘तिम्लाई’ बोलको गीतमा लक्ष्मिप्रशाद घिमिरेको रचना रहेको छ, भने सुमन राईकै संगीत रहेको छ । ‘पहिलो भेटमै’बोलको गीतमा बडाजीत राईको शब्द तथा संगीत रहेको छ । त्यस्तै ‘टाढा–टाढा’ बोलको गीतमा सुरज राईको शब्द तथा संगीत रहेको छ । एल्बमको अन्तिम ७ नम्बरको गीतमा रुवेन पुन मगर ‘रन’को शब्द रहेको छ, भने खड्कबहादुर राईको संगीत रहेको छ ।

pavita-puma-rai-release-second-album-maukai-le-ho-ki-8

pavita-puma-rai-release-second-album-maukai-le-ho-ki-11

pavita-puma-rai-release-second-album-maukai-le-ho-ki-10

pavita-puma-rai-release-second-album-maukai-le-ho-ki-3

pavita-puma-rai-release-second-album-maukai-le-ho-ki-15

pavita-puma-rai-release-second-album-maukai-le-ho-ki-7

pavita-puma-rai-release-second-album-maukai-le-ho-ki-5

pavita-puma-rai-release-second-album-maukai-le-ho-ki-16

प्रतिक्रिया