Bisal Chautari Logo

एसिया कप क्रिकेटमा नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग खेल्ने, भारत बाहिरियो

- २८ कार्तिक २०७४, मंगलवार १०:५२ मा प्रकाशित


Play with Afghanistan in the Nepal semifinals in Asia Cup cricket
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २८ मंगलवार । मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।
सेमिफाइनल नेपालले अफगानिस्तानसँग खेल्ने भएको छ। अफगानिस्तान समूह ‘बी’ को विजेता भएपछि नेपालको प्रतिद्वन्द्वी तय भएको हो। नेपाल समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो। सेमिफाइनल शुक्रबार हुने छ।
नेपाल यो प्रतियोगितामा सेमिफाइनल पुगेको पहिलो पटक हो। समूह ’ए’ मा बंगलादेश तीन खेलबाट ६ अंक जोडेर समूह बिजेता बनेको छ। तीन खेलबाट चार अंक जोडेको नेपाल समूह उपविजेता बनेको छ।
मंगलबार भएको अर्को खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपालको सेमिफाइनल यात्रा सहज बनेको हो। भारत यसअघिका तीन वटै संस्करणको विजेता हो। पहिलो संस्करणमा पाकिस्तानसँग संयुक्त विजेता बनेको भारतले अघिल्ला दुई संस्करणमा विजयी हात पारेको थियो।
मंगलबारको खेलमा बंगलादेशले भारतले दिएको १८८ रनको लक्ष्य २८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशका प्रारम्भिक ब्याट्सम्यान पिनाक घोस ८१ रनमा अविजित रहे । मध्यक्रमका मोहमद ताबहिद रिद्धी ४८ रनमा अविजित रहे । मोहमद नाइम शेख ३८ र कप्तान मोहम्मद शेफ हसन १६ रनमा आउट भए । पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै बंगलादेशले जितको आधार बलियो बनाएको थियो । बर्षाका कारण ५० ओभरको खेललाई ३२ ओभरमा छोट्याइएको थियो ।

प्रतिक्रिया