Bisal Chautari Logo

‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

- १५ आश्विन २०७६, बुधबार १२:३६ मा प्रकाशित


Poi Paryo Kale | Nepali Movie Trailer
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज १५ बुधवार ।
मल्टीस्टारर चलचित्र ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र कार्तिक ८ गतेबाट रिलिज हुँदैछ । चलचित्र ‘पोई पर्यो काले’मा शिशिर राणाको कथा तथा निर्देशन छ । चलचित्रको ट्रेलरमा कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

यो चलचित्रमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाहरु पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।
चलचित्र नायिका पूजा शर्मा र नायक सौगात मल्लको वरिपरी घुमेको छ । चलचित्रको ट्रेलरले दर्शकलाई उत्सकुता पैदा गरेको छ ।
तिहारको समयमा चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिने कुरामा यसको निर्माणपक्ष विश्वस्त देखिएको छ ।
रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् ।
चलचित्रमा लालबहादुर क्षेत्री र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन, शिव ढकालको छायांकन छ ।

प्रतिक्रिया