Bisal Chautari Logo

अब पोखरा ट्याक्सीहरु मिटरमै चल्ने, प्रतिकिलोमिटर ५० रुपैयाँ मात्र

- २८ पुष २०७४, शुक्रबार ११:३० मा प्रकाशित


Pokhara Taxis
विशाल चौतारी समाचार
पोखरा ,२०७४ पुस २८ शुक्रबार । कास्कीको लेखनाथ महानगरमा सञ्चालित ट्याक्सीहरु मिटरमै चल्ने भएका छन् । आज शुक्रबार जिल्ला प्रशासन कास्कीमा भएको छलफलमा ट्याक्सी व्यवसायीहरु मिटर प्रणालीमा जान सहमत भएको हो ।
                                                                                                                    फाइल फोटो

पोखरामा हालसम्म सञ्चालित ट्याक्सीहरुले मनलाग्दी भाडा लिने गरेको थियो । अब भने १४ रुपैयाँबाट शुरु हुने भाडादर प्रतिकिलोमिटर ५० रुपैयाँ मात्र पर्नेछ । काठमाडौंका व्यवसायीले सोही भाडादरमा ट्याक्सी चलाइरहेका छन् ।
यो भन्दा अगदीका दिनहरुमा मिटरमा नचलाएर मनपरि भाडा असुलेको प्रहरीले बताए । १६ जना ट्याक्सी चालकलाई नियन्त्रणमा लिएपछि व्यवसायी आन्दोलनमा उत्रिएका थिए । त्यसयता पटक–पटक भएका छलफलबाट मिटर प्रणालीमा जान व्यवसायी सहमत भएका हुन् ।

प्रतिक्रिया