Bisal Chautari Logo

प्रहरी हवल्दार मृत फेला

- २९ असार २०७४, बिहीबार १२:०० मा प्रकाशित


Police Constable found dead
विशाल चौतारी समाचार
कैलाली, २०७४ अषाढ २९ बिहीबार । कैलालीको अत्तरिया बजारस्थित नेचुरल ब्युटी नाम गरेको होटलमा एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् ।
भनजी नगरपालिका–१ मा स्थायी घर भई जोगबुढा इलाका प्रहरी कार्यालयमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार शेरबहादुर बूढा आज बिहान करिब ३ बजे उक्त होटलको कोठा नं ५ मा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
death_wl3ddh5kar_kMSLpSuFi5बुधबार राति हवल्दार बूढा एक युवतीसंग सो कोठामा बसेको र अकस्मात् छटपटाएर ज्यान गएको साथमा रहेकी ती युवतीले बताएकी छिन् । प्रहरीको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल लगिएको छ भने अनुसन्धानका लागि साथमा बसेकी युवतीलाई हिरासत राखिएको प्रहरीले जनाएको छ ।
एक भारतीय नागरिकसहित पााच जना पक्राउ
कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियाबाट युवती बेचबिखनको आशंकामा एक भारतीय नागरिकसहित अन्य पााच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो राति काठमाडौाबाट धनगढीतर्फ आइरहेको यात्रुबाहक बसमा भारतको भगवानपुर भन्ने ठाउामा बस्ने २१ वर्षीय श्याम कुमार र साथमा काभ्रे नमोबुद्ध नगपालिका–५ घर भएकी १८ वर्षीय तामाङ थर भएकी एक युवतीलाई सुराकीका आधारमा पक्राउ गरेको मालाखेती इलाका प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रबाट दुई र अत्तरिया आसपासको क्षेत्रबाट तीन पुरुषलाई अनुसन्धानका लागि पक्राउ गरिएको मालाखेतीका प्रहरी प्रमुख हिक्मतबहादुर बोहराले जानकारी दिनुभएको छ । घटना शंकास्पद देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया