Bisal Chautari Logo

सशस्त्र प्रहरीले गस्ती गरिरहेकै समयामा कुटिए नगरपालिकाका मेयर

- १ आश्विन २०७४, आईतवार १०:३४ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १ आइतबार । दुई नम्बर प्रदेशको भोट खसाल्न एक दिन मात्र हुदा धनुषामा नगराइन नगरपालिकामा काँग्रेसका तर्फबाट मेयरका पदका उमेरदवार परमेश्वर शाह थलामा परेका छन् । हाल उनको उपचार भइरहेको छ ।
आइताबार राति १२ बजे नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार परमेश्वर यादवलाई अकौरास्थित घरमा मदिरा सेवन गरेका एमाले कार्यकर्ताले कुटेका हुन् ।
उनको टाउँकोमा गम्भीर चोट लागेको छ । सम्भवतः उनी भोलि हुने निर्वाचनस्थलमा उपस्थित भएर आफूलाई भोट खसाल्न आग्रह गर्न समेत नसक्ने अवस्थामा पुगेको बताइन्छ ।
मेयरका प्रत्यासी परमेश्वरले आफू सुतिरहेको अवस्थामा मदिरा सेवन गरेका एमालेका सयौँ कार्यतकर्ताहरुले नाराबाजी गर्दै आएर कुटपिट गरेको बताएका छन् । ‘मध्यह्न १२ बजे म मस्त निन्द्रामा थिए । एक्कासि एमालेका सयौँ कार्यकर्ताहरू आएर मलाई कुटपिट गरे । अब म उनीहरुबिरुद्ध कानुनी उपचारमा जान्छु ।’
आक्रमणमा परि स्थानीय देवेन्द्र यादव, विनोद यादव, रामगुलाम यादव, पुकारी देवी यादव, राजन यादव, लगायतका व्यक्तिहरू घाइते भएका छन् । हाल यादव सहित उनीहरूको उपचार भइरहेको छ भने जिल्ला प्रहरी कार्यालयले घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई तह लगाइ छाँड्ने जनाएको छ ।
यादवले सशस्त्र प्रहरीले गस्ती गरिरहेकै अवस्थामा एमाले कार्यकर्ताहरूले आफ्नो घरमा आएर कुटपिट गरेको आरोप लगाएका छन् । ‘मलाई सशस्त्र प्रहरीले गस्ती गरिरहेकै अवस्थामा मदिरा सेवन गरेका एमाले कार्यकर्ताले कुटेका छन् । मेरो घरको मूलढोका,मोटरसाइकल, र कुर्सीहरु तोडफोड गरेका छन् । अब, पहिले कसले हातपात गरेको हो, प्रमाण छँदै छ ।’
पहिले र दोस्रो चरणको स्थानीय तहमा अघि देखिएका उनीहरूले तेस्रो चरणको निर्वाचनमा पराजय हुने डरले आफूमाथि हातपात गरिएको यादवले बताए । उनले बताएअनुसार एमालेका अरविन्द पासवान, धर्मेन्द्र पासवान, वीरेन्द्र राउत, दिनेश राउत, कञ्चन राउत, मुकेश राउत लगायतका समूहले सुतिरहेको अवस्थामा लछारपछार गर्दै कुटेका हुन् । यसरी घरमा आक्रमण गर्न पुगेका उनीहरूले ढंगामुढा गरेपछि ढुङ्गा उछिटिएर परिवारका केही सदस्यलाई पनि सामान्य चोटपटक लागेको बताउँछन् ।

 

प्रतिक्रिया