Bisal Chautari Logo

आफ्नो रेकड आफै तोड्दै प्र.म. देउवाले छैटौं पटक विस्तार गरे जम्बो मन्त्रीमण्डल

- २ आश्विन २०७४, सोमबार ११:५५ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २ सोमबार । सोमबार राप्रपा प्रजातान्त्रिकबाट विराज विष्ट विज्ञान प्रविधि र कमला शर्मा वन राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री देउवासमक्ष पद तथा गोपनियताको सपथ लिए ।
जेष्ठ २४ गते सरकारको नेतृत्व सम्हालेपछि गठन भएको मन्त्रिमण्डलमा पटक पटक विस्तार गर्दै ५४ सदस्यीय मन्त्रिमण्डल बनाएका प्रधानमन्त्री देउवाले आज फेरि दुई जना राज्यमन्त्री थप गर्न लागेका हुन्। अब देउवा सरकार ५६ सदस्यीय बन्नेछ।
प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौं पटक मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। सत्ता सहयात्री दल राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट दुई जना सांसदलाई राज्यमन्त्रीमा नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गर्ने भएका हुन्।
राप्रपाबाट विभाजित भएर पशुपति शम्शेर राणा नेतृत्वमा गठिन नयाँ पार्टीबाट यसअघि नै तीन मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति भइसकेको थियो। तर कमल थापाको पार्टीबाट सांसद बनेर उनीसँगै विद्रोह गरी आएका सांसदहरुले मन्त्री बन्न नपाएपछि राणालाई पनि धम्की दिएका थिए।

प्रतिक्रिया