Bisal Chautari Logo

माओवादी र एमालेसँगै कांग्रेसले पनि खाता खोल्यो (कस्ले कहाँ कहाँ जित्यो)

- ३ आश्विन २०७४, मंगलवार ०७:१५ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ३ मंगलबार । पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)को समूह विजयी भएको छ ।
अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी भएको छ।
                                                                                                                             फाइल फोटो

अन्सारीले आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिए । अन्सारीले ४९० र दर्जीले ३०५ मत हासिल गरेकाछन् ।
लहान नगारपालिकाको २ नम्बर वडामा नेपाली काङ्ग्रेसका वडाअध्यक्ष सियाराम यादवको प्यानल विजयी भएको छ ।
औपचारिक मत परिणाम सार्वजनिक नभए पनि विजय भएको खुसियालीमा नेपाली काङ्ग्रेसले विजय जुलुस निकालेको छ ।
यस अघि नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानल विजयी भएको थियो । निर्वाचन अधिकृत शुवर्णमान बनेपालीका अनुसार कर्जन्हा नगरपालिकामा नेकपा माओवादीको अग्रता रहेको छ ।

प्रतिक्रिया