Bisal Chautari Logo

राजपाले खाता खोल्यो, हंशपुरको मेयर र उपमेयर दुबैमा विजयी

- ४ आश्विन २०७४, बुधबार १०:४२ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ४ बुधबार । तेस्रो चरणको स्थानीय तहको चुनावमा राजपाले खाता खोलेको छ । धनुषाको हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपा उम्मेदवार विजयी भएका हुन् ।
प्रमुखमा रामज्ञान मण्डल र उपप्रमुखमा रेणु देवी झा विजयी भएका छन् ।रामज्ञानले ३ हजार ३२० मत पाए भने रेणुदेवीले ३ हजार २७६ मत पाइन् ।
मेयरका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदिप यादवले ३ हजार २२९ मत पाए । उपमेयरका उम्मेदवार कांग्रेसकै रामकुमारी कामतले ३०२७ मत पाइन् ।

प्रतिक्रिया