Bisal Chautari Logo

फेसबुकमा स्टाटस लेख्दा, मेयरका केटाहरुले यसरी कुटपिट गरे

- ५ आश्विन २०७४, बिहीबार १२:१९ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ५ बिहिबार । जनप्रतिनिधी जुनै पाटीबाट जितेर आए पनि सबैका साझा जनप्रतिनिधी हुन । सबै जनताका गुनासा तथा समस्या सुन्नु पर्दछ । गाँउका समस्याहरु नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधीहरु सुनाउनु पर्दछ । स्थानीय तहमा चुनिएर आइसकेपछि पार्टी भन्दा पनि सबैको जनताको लागि काम गर्नुपर्छ । तर, स्याङ्जाको चापाकोट नगरपालिकाका मेयर भने सबैको साझा हुन सकेनन् ।
चापाकोट नगरपालिकाको मेयर जितेरका नेपाली काँग्रेसका शिवकुमार गिरीले जनताका गुनासाहरु सार्वजनिक गरेको निहुँमा एक युवालाई कुटपिट गर्न लगाएका छन् ।
करिब डेढ महिना अघि सामाजिक सञ्जाल फेसबुकमा काम गर्न नसक्ने ‘मेयर’ भनेर टिप्पणी गरेको विषयलाई लिएर चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरीले स्थानीय युवा बन्धु घिमिरेलाई पार्टीका युवा कार्यकर्ताहरू लगाएर सोमबार कुटपिट गरेका हुन् ।
                              बन्धु घिमिरेले फेसवुकवालमा २७ जुलाईमा पोस्ट भएको स्टाटस

विवेकशील साझा पार्टीका स्याङ्जाका स्थानीय नेता समेत रहेका घिमिरे माथि उनकै गृहनगर चापाकोटमा नेपाली काँग्रेस तथा नेपाल तरुण दलका स्थानीय नेता तथा कार्यकर्ताहरूले गत साता साङ्घातिक हमला गरेका हुन् । यता त्यसको भोलिपल्ट युवासंघका जिल्ला कमिटी सदस्य शिव कुँवर माथि पनि कुटपिट भएको बताइएको छ ।
चापाकोट नगरपालिकाको भवन नजिकै नेपाल बैँकबाट निस्केर नजिकै रहेको डोटेल होटेलमा खाजा खान लाग्दा नेपाली काँग्रेस र नेपाल तरुण दलका कार्यकर्ताले सामूहिक रूपमा आक्रमण गरेको पीडित बन्धु घिमिरेले बताए । उनलाई ‘मेयरको बारेमा जे पायो त्यही लेख्छस् । भन्दै तरुण दल नेपालका स्थानीय नेता विश्वास पुरी, जीवन गुरुङ र निर्मल रानामगर लगायतले कुटपिट गरेका हुन् ।
                                                                                                  कुटाइ खाने बन्धु घिमिरे

घटनाका मुख्य आरोपी तरुण दलका स्थानीय नेता विश्वास पुरी र गुण्डा निर्मल रानामगर फरार छन् । निर्मल रानामगर राजनीतिक आवरणमा गुण्डागर्दी गर्ने, चन्दा उठाउने जस्ता अपराधमा संलग्न भएको पाइएको इलाका प्रहरी कार्यालय रत्नपुर स्याङ्जाका प्रहरी निरिक्षक दिनेश गौतमले बताए । प्रक्राउ परेका जीवन गुरुङ माथि सार्वजनिक मुद्दा लगाइएको छ । ‘अन्य दुईलाई पनि पक्राउ गरेपछि तीनै जनालाई सार्वजनिक केसमा मुद्दा चलाईन्छ ।’ इलाका प्रहरी कार्यालय रत्नपुरका प्रहरी निरिक्षक गौतमले भने ।
गत साउन ७ गते भएको एक अन्तर्कृया कार्यक्रममा मेयर शिव कुमार गिरीलाई घिमिरेले सोधेको प्रश्नको विषय र विवेकशील साझा पार्टीको चापाकोटमा गठन गर्ने सिलसिलामा भएको विवादका कारण नै घिमिरे माथि आक्रमण भएको प्रारम्भिक बुझाई छ ।
स्थानीय युवा बन्धु घिमिरे
मेयर गिरीले घटनालाई सामान्य भन्दै ‘मेरो बारेमा फेसबुकमा जे पायो त्यही लेखेछ, केटाहरुले खोज्दै थिए । धेरै त हैन एक झापु चैँ खाएछ ।’ उनले भने । उनले आफूले केटाहरू प्रयोग नगरेको भन्दै ‘मेयरका बारेमा जे पायो त्यही फेसबुकमा लेखेपछि रामधुलाई भेटि हाल्छ नि’ भने । उनले घिमिरेले आफूलाई फेसबुकमा निकम्मा, काम गर्न नसक्ने र कतिपय अपशब्द पनि प्रयोग गरेको जिकिर गर्दै भने–‘मैले सक्दो गरेकै छु नि, त्यसरी मनपरी त लेख्न भएन नि ।’
मेयर पुरीले सुरुमा आफूले फेसबुक स्टाटसका बारेमा नेपाल प्रहरीको साइवर क्राइममा उजुरी गरेको बताए । तर, पछि अनकनाउँदै ‘आज सार्वजनिक बिदा भोलि गर्छु’ उनले भने । उनले सामान्य घटनालाई नेकपा एमालेले उछालेको जिकिर गरे ।
चापाकोट नगरपालीकाको प्रहरीको रहेको एउटा मात्रै भ्यान हप्तौँ देखी बिग्रेर थन्किएको छ । यसले गर्दा प्रहरीलाई नगरपालिकाको सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ । र धेरै प्रहरीहरु सिमाना जोडिएको पाल्पाको रामपुर नगरपालिकामा भएकोले गर्दा घटनामा संलग्नलाई पक्राउ गर्न कठिन भएको बताएको छ ।

 

प्रतिक्रिया