Bisal Chautari Logo

वीरगञ्ज महानगरपालिकामा कांग्रेसलाई पछि पार्दै फोरमको अग्रता, कस्को मत कति ?

- ८ आश्विन २०७४, आईतवार ०५:१५ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
पर्सा, २०७४ असोज ८ आइतबार । दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका, वीरगन्ज महानगरपालिकाको मतपरिणाम थप रोचक बन्दै जान गएको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसको उमेरदवरलाइ पछि पार्दै संघिय समाजवादी फोरमका उम्मेदवारले उछिनेका छन् ।
आइतबार बिहान ९ बजेसम्मको पछिल्लो मतपरिणाम अनुसार समाजवादी फोरमका उम्मेदवार विजय सरावगी कांग्रेस उम्मेदवार अजय द्धिवेदीभन्दा ११८ मतले अघि छन्।
सरावगीले ९ हजार ९४६ मत पाएका छन्। द्धिवेदीले ९ हजार ८२८ मतका साथ उनलाई पछ्याइरहेका छन्।
तेस्रो स्थानमा राजपाका राजेशमान सिंहले ६ हजार ९३९ मत पाएका छन्। एमालेका बसरुद्दीन अन्सारीले चार हजार ९३१ मत पाएका छन्। माओवादी केन्द्रका रहबर अन्सारी चार हजार ४७५ मतसहित पाँचौँ स्थानमा छन्। लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले तीन हजार ९४६ मत पाएका छन्।
उपमेयरमा भने कांग्रेस उम्मेदवार शान्ति कार्की संघीय समाजवादी फोरमकी उम्मेदवार पिंकी यादवभन्दा दुई हजार ६ मतले अघि छिन्। कार्कीले ११ हजार २७५ मत पाएकी छन्।

प्रतिक्रिया