Bisal Chautari Logo

मृत्यु भएको २२ दिनपछि कतारबाट आइपुग्यो शव, बाबु आमालाई सधै खुशी राख्ने सपना अब अधुरै

- २८ मंसिर २०७४, बिहीबार ०८:१६ मा प्रकाशित


22 days after death died from Qatter
विशाल चौतारी समाचार
मोरङ ,२०७४ मंसिर २८ विहिवार । वैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत मोरङ मिक्लाजुङ ४ का –२६ बर्षीय शुक्रराज लाबतिको मृत्यु भएको २२ दिन पछि शव घर आईपुगेको छ । ८ महिना अघि कतार पुगेका उनको सुतेको ठाउँमा रहस्यमय मृत्यु भएको थियो ।
उनको आज उनको स्थानिय जङ्गलमा जातिय परम्परा अनुसार दाहसंस्कार गरिने टाडि युवा क्लबका अध्यक्ष महेन्द्र थेगिमले जानकारी दिएका छ्न । पढाईमा सधैं अव्वल उनी घरको आर्थिक अवस्था नाजुक भएकै कारण पढाई छोडेर विदेशीन बाध्य बनेका थिए । उज्जल भविष्य निर्माण गर्नूका साथै बाबु आमालाई खुसी राख्ने उदेश्य बोकेर कतार गएका उनको सपना यतिबेला टुटेको छ । लाखौ युवाहरु रोजगारीको लागी खाडी देशमा आफ्नो रगत पसीना बगाउदै छन् । आफ्नो अनी परिवारको उज्जल भाबीस्स्य्स को सपना बोकेर सबैको सपना कहा पुग्छ र ? शुक्रराज लाबति जस्ता कयौ युवा हरु आज यसरी नीर्जीब बनेर बाकसमा पोको परेर आउछन ।

प्रतिक्रिया