Bisal Chautari Logo

११ स्थानको मत परिणम आउन बाकीँ, कुन पाटिले कति ठाँउ जिते र कहाँ कहाँ कुन पाटिको अग्रता

- ८ आश्विन २०७४, आईतवार ०७:३४ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ८ आइतबार । दुई नम्बर प्रदेशको १ सय ३६ स्थानीय तह मध्ये १२५ स्थानमा मत परिणमा आइसकेको छ, भने ११ वाटा स्थानमा भने मत परिणम आउन बकीँ रहेको छ ।
नेपाली काँग्रेसले ३७ तहमा जित निकाल्दै पहिलो स्थानमा रहेको छ । दोस्रो स्थानको संघीय समाजवादी फोरमको २३, राजपाले २३, माओवादी केन्द्रको २०, एमालेले १६, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ। १३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ३, संघीय फोरम ४, माओवादी २, एमाले २ तहमा अगाडि छन्।
को कहाँ अगाडि ?
कांग्रेसले अग्रता लिएको स्थान
बारा: बारागढी गाउँपालिका
सप्तरी: कञ्चनरुप नगरपालिका
रौतहट: गरुडा नगरपालिका
संघीय समाजवादी फोरमले अग्रता लिएको स्थान
सप्तरीः राजबिराज नगरपालिका
सर्लाही: कविलासी नगरपालिका
रौतहट: कटहरिया नगरपालिका जहरवाल
पर्सा : वीरगञ्ज महानगरपालिका
माओवादीले अग्रता लिएको स्थान
धनुषा: बैला नगरपालिका
बारा : आदर्श  कोटवाल गाउँपालिका
एमालेले अग्रता लिएको स्थान
बारा : कलैया उपमहानगरपालिका
बारा: कोल्हवी  नगरपालिका

प्रतिक्रिया