Bisal Chautari Logo

आखिर अन्त्यमा प्रचण्ड र बाबुरामलाई माग्ने बनाई छाडे, केपी ओलीले

- २६ आश्विन २०७४, बिहीबार ०६:०४ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २६ बिहिबार । एमाले, माओवादी र नयाँशक्तिको गठबन्धनले आगमी हुने चुनावको लागि भागबण्ड मिलाउन सकेको छैन । प्रतिनिधिसभा र प्रदेश सभाको क्षेत्र बाँडफाँडमा सहमति जुटाउन गाह्रो भएको हो । माओवादी र नयाँ शक्तिले धेरै सिट दाबी गरेको भन्दै एमाले नेताहरु सकसमा परेका छन् ।
                                                                                                                               फाइल फोटो

बुधबार साँझसम्म एक नम्बर प्रदेशको सिट बाँडफाँड टुंगो लागेको तर अरु प्रदेशको बाँकी रहेको नेताहरुले बताएका छन् । माओवादीले भने ६०/४० को भागवण्डामा सहमति भएकाले आफूहरुले ४० प्रतिशत सीट पाउनुपर्ने अडान राख्दै आइरहेकोछ ।
क्षेत्र बाँडफाँडका सन्दर्भ मिलाउन, माइतीघरस्थित एक शुभेच्छुकका घरमा भएको वार्तामा ओलीले कोटा र्पुयाउन ४० प्रतिशत लिने भन्दा पनि जित्ने गरी सिट लिन प्रचण्डलाई आग्रह गरेको स्रोतले जनाएको छ ।
एमालेसँग तालमेल भएपछि माओवादीका अधिकांश नेताहरु प्रत्यक्ष चुनाव लड्ने मूडमा छन् । त्यसैले माओवादीको धेरै कम भोट भएका ठाउँमा पनि सो पार्टीका नेता व्यवस्थापन गर्न एमालेले छाड्नुपर्ने भएको छ ।
उता माओवादी र एमालेवीच सीट बाँडफाँडमा कुरा नमिलिरहेका बेला बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले आफूलाई अपमानित गरिएको भन्दै गठबन्धनबाट बाहिरिने धम्की दिएको छ ।
आफूहरुलाई माओवादी केन्द्रका नेताले अपमानित गरिरहेको नयाँशक्तिका नेताको गुनासो छ ।
टिकट बाँडफाँडका लागि कार्यदल बनेको एक साता हुन लाग्दा पनि अहिलेसम्म कति प्रतिशत उम्मेद्वार नयाँ शक्तिलाई दिने भन्ने विषय टुंगिएको छैन । प्रतिशत नटुंगिएको भन्दै टिकट बाँडफाँड कार्यदल बैठकमा नयाँ शक्तिका नेता गएका छैनन् ।
नयाँ शक्तिले चाहीँ आफ्नो पार्टीलाई १५ प्रतिशत सीट चाहिने बताएको छ । यद्यपी यो पार्टीले संवादका आधारमा प्रतिशत घटाउन सकिने विकल्प पनि अगाडि सारेको छ ।

प्रतिक्रिया