Bisal Chautari Logo

नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता धमाधम पक्रउ

- ६ मंसिर २०७४, बुधबार ०६:३४ मा प्रकाशित


Political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०६ बुधवार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका तीन सय बढी कार्यकर्तालाई पक्राउ गरेको छ । चुनाव बिथोल्न खोजेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाटरु प्क्रउ गरेको हो । रुकुममा पूर्वगृहमन्त्री जनार्दन शर्मा र रोल्पामा माओवादी नेता कृष्णबहादुर महरामाथि लक्ष्य गरेर बम विस्फोट भएपछि प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ गर्न थालेको हो ।

                                                                                                                       फाइल फोटो

हालसम्म तीन सय ५ जना मात्र पक्राउ परेका छन् । केन्द्रीयस्तरका दुई नेता सरला रेग्मी र मानिक लामालाई पनि पक्राउ गरेको छ । चितवन प्रहरीले विप्लवका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पनि पक्राउ गरेको छ । प्रहरी मुख्यालयका अनुसार अहिले विप्लवका अधिकांश कार्यकर्ता भूमिगत छन् ।
सरकारले विप्लवका कार्यकर्तामाथि धरपकड गर्न ढिलो निर्देशन दिएकाले थोरै मात्रै कार्यकर्ता पक्राउ परेको ती प्रहरी अधिकृतको भनाइ छ । ‘हामीले एक महिनादेखि नै विप्लवका कार्यकर्ता पक्राउ गर्न थालौं भनेर सरकारसँग अनुमति माग्यौं तर स्वीकृति पाइएन । धेरै भूमिगत भइसकेपछि मात्रै सरकारबाट निर्देशन आएकाले प्रहरीले पक्राउ गर्न सकेन भन्नुको कुनै तुक देखिँदैन’, उनले भने।
विप्लवले राजनीतिक प्रतिशोधका आधारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वा उनको चुनावी सभामा विस्फोटका घटना गराउन सक्ने आशंकामा प्रहरीले निगरानी बढाएको छ । प्रहरीको विशेष ब्युरो टोली चितवनमा विशेष निगरानीका लागि खटिएका छन्।
प्रवक्ता नेउपानेले पक्राउ परेकामाथि केहीलाई सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइए पनि केहीमाथि अनुसन्धान भइरहेको बताए । उनले भने, ‘धरपकड गर्ने क्रम जारी छ । सबै जिल्लाका इन्चार्जलाई चुनाव बिथोल्न खोज्नेलाई पक्राउ गर्न स्पष्ट निर्देशन दिइएको छ ।’ प्रधानमन्त्री देउवाले सोमबार साँझ मात्रै चारवटै सुरक्षा निकायका प्रमुखलाई डाकेर चुनाव बिथोल्ने जोसुकै भए पनि पक्राउ गरेर कारबाही गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया