Bisal Chautari Logo

केपी ओली सरकारमा फोरम पनि सहभागी हुने

- १४ फाल्गुन २०७४, सोमबार १२:४१ मा प्रकाशित


Political news
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन १४, सोमबार । संघीय समाजवादी फोरम पनि केपी ओली सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले फोरमलाई आइतबार नै सरकारमा सहभागी गराउन चाहेका थिए ।
फोरम अध्यक्ष उपेन्द्र यादवलाई बालुवाटारमा बोलाएर ‘आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने’ प्रतिवद्धता जनाएका छन् । तर, यादवले पार्टीसँग छलफल गर्नुपर्ने बताए । लगत्तै पार्टी कार्यालय तिनकुने पुगेका यादवले नेताहरुसँग बालुवाटार वार्ताबारे ब्रिफिङ गरेका छन् । बैठकमा एक नेताका अनुसार संविधान संशोधनमा सहमति गरेर सरकारमा जाने सहमति जुटेको छ ।
आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रतिविद्धता आएको र लिखित सम्झौता भएपछि सरकारमा सहभागी हुने फोरमका एक नेताले बताए । एमाले र माओवादी नेताहरुका अनुसार आजै सहमति हुनसक्छ । फोरम अध्यक्ष यादवले पनि पार्टी नेताहरुलाई त्यसका लागि तयारी अवस्थामा रहने निर्देशन दिएका हुन् ।

प्रतिक्रिया