Bisal Chautari Logo

‘सुपर गोर्खे’को प्रोमो रिलिज, बैशाख ७ मा प्रदर्शन हुँदै (भिडियो सहित)

- १ चैत्र २०७४, बिहीबार १५:५६ मा प्रकाशित


SUPER GORKHE Movie Trailer Richa Singh Thakuri
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ चैत १, बिहिबार । बैशाख ७ गतेदेखी प्रदर्शनमा आउने फिल्म ‘सुपर गोर्खे’ को प्रोमो रिलिज भएको छ । राज थापा निर्दे्शित तथा ऋचा सिंह ठकुरीको निर्माण तथा अभिनय रहेको फिल्मको प्रोमोमा कमेडी संवाद र द्धन्द्धका दृश्यहरु समावेश छन् ।
अबिर हाउस प्रा.लिको प्रस्तुती रहेको ‘सुपर गोर्खे’ मा ऋचा सहित सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द क्षेत्री, सचिन केसी, कामना भुजेल, भानु डेभिड विष्ट लगायत कलाकारहरुको अभिनय रहेको छ । किरण माइकलको लेखन रहेको फिल्ममा चन्द्र पन्तको द्धन्द्धन निर्देशन छ । विवाह पछि ऋचा फिल्म निर्माणमा फर्किएकी हुन् ।

SUPER GORKHE || New Nepali Movie Official Trailer 2018/2074 | Richa Singh Thakuri

प्रतिक्रिया