Bisal Chautari Logo

विवादपछि मतगणना रोकियो

- ३ आश्विन २०७४, मंगलवार ११:२५ मा प्रकाशित


Pollution stopped after the dispute
विशाल चौतारी समाचार
सर्लाही, २०७४ असोज ३ मंगलबार । मतगणनाका क्रममा नेपाली काँगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार गणनाका क्रममा काँगे्रस र राजपाका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको हो ।
अहिले त्यहाँ प्रहरीले मतदानस्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयवासीलाई तितरवितर पारी स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
बलरामा मंगलबार बिहानदेखि मतगणना थालिएको हो । भारतीय सीमावर्ती क्षेत्रमा बलरा संवेदनशील क्षेत्र मानिन्छ ।रासस

प्रतिक्रिया