Bisal Chautari Logo

‘म यस्तो गीत गाउँछु’मा पूजाको संवाद : ‘यो रोड त मेरो हो, कसले के गर्न सक्छ र ?’

- २३ जेष्ठ २०७४, मंगलवार ०८:१० मा प्रकाशित


pooja sharma movie ma yasto geet gauchhu dialogue
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ जेठ २३ मंगलबार । चलचित्र ‘प्रेमगीत’मा ‘त त मैले मात्र भन्न पाउँछु’ संवाद नायिका पूजा शर्माले बोलेकी थिइन् । यो संवाद अहिले पनि दर्शकको मुखमा झुण्डिएको छ । धेरै दर्शकले यही संवादका कारण पनि पूजालाई रुचाएका थिए ।
pooja sharma movie ma yasto geet gauchhu dialogueअब, दर्शकले पूजाको यो संवाद नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु’मा पनि सुन्न पाउनेछन् ।
काठमाण्डौको सिने जोन स्टूडियोमा नायिका शर्मा चलचित्रको डबिङमा व्यस्त थिइन् । उनले अर्को संवाद बोलिन्–‘फेरि एकचोटी बच्चा हुन पाए, त्यही तन्नेरी अवस्थामा जिउन पाए, अर्को जुनी पनि तिमीसँगै लिन पाए ।’
निर्देशक सुदर्शन थापा पूजालाई संवाद शैली सिकाउँदै थिए । उनले अर्को रमाइलो संवाद बोलिन्–‘यो रोड त मेरो हो, कसले के गर्न सक्छ र ?’
असार ३० गतेबाट रिलिज हुने यो चलचित्रमा पूजाको जोडीको रुपमा नायक पल शाहले अभिनय गरेका छन् । चलचित्र भित्र पनि पलको नाम ‘पल’ नै हुनेछ । पूजाले एउटा यस्तो संवाद डबिङ गरिन्–‘सबैथोक आफूले चाहेको मात्र हुँदोरहनेछ पल ।’
चलचित्रको ‘भन्छु आज’ बोलको गीतको भिडियो सार्वजनिक भैसकेको छ भने अडियो जुकबक्स पनि रिलिज भैसकेको छ । दर्शकले चलचित्रको अडियो र भिडियोलाई अत्याधिक रुचाएका छन् ।
प्रेमकथामा आधरित यो चलचित्रको बारेमा पूजा भन्छिन्–‘यसपटक पनि दर्शकले मलाई चलचित्र हेरिसकेपछि संझने धेरै संवादहरु चलचित्रमा छन् । गीतको रुपमा ‘प्रेमगीत’मा दर्शकले मलाई जसरी रुचाइदिनुभयो, त्यसरी नै ‘म यस्तो गीत गाउँछु’बाट माया पाउनेमा ढुक्क छु ।’

प्रतिक्रिया