Bisal Chautari Logo

मध्ये मेक्सिकोमा गयो शक्तिशाली भूकम्प, १ सय ४० जनाको को मृत्यु,दर्जनौ घाइते (भिडियो सहित)

- ४ आश्विन २०७४, बुधबार ०७:३४ मा प्रकाशित


Powerful earthquake
एजेन्सी
काठमाडौँ, २०७४ असोज  ४ बुधबार । मेक्सिकोमा ३२ वर्षपछि फेरी गयो शक्तिशाली भूकम्प उक्त भूकम्पमा परि कम्तिमा १ सय ४० जनाको ज्यान गएको छ भने दर्जनौ घाइते भएका छन् ।
मंगलबार ७ दशमलव १ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पको केन्द्र बिन्दु पुएब्ला प्रान्तको एन्टेसिगो नजिकै गएको थियो ।
विनाशकारी भूकम्पका कारण मोरेलोस र प्यूब्ला प्रान्तमा साथै राजधानी मेक्सिको शहरका धेरै घर ध्वस्त भएका छन् ।
जमिनदेखि ५१ किलोमिटर तलबाट गएको भूकम्पको केन्द्रविन्दु प्यूब्ला राज्य रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।
राजधानीका करिब २० लाख मानिस विद्युत सेवाबाट बञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध छ ।
भूकम्प पछी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले मेक्सिको प्रति सहानुभूति जनाउदै हामी मेक्सिकोको साथ छौ भन्दै भूकम्प गएको केहि मिनटमा नै ट्वीट गरेका थिए ।

भिडीयो

https://youtu.be/wMrET1YFGMI?list=PLmNLS7EvcuBqAeGYwOUjySvUq-7bUls3c

https://youtu.be/Z_bueA1XQqg?list=PLISL_Z52VK2ebszJEdj35nE85ybdc7-71

प्रतिक्रिया