Bisal Chautari Logo

प्रचण्डले एकमात्र पुत्र प्रकाशको काजकिरिया नगर्ने, कारण यस्तो छ

- ५ मंसिर २०७४, मंगलवार ०९:०१ मा प्रकाशित


Prachand does not make Prakash’s Kajakiriya
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०५ मंगलवार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व पुत्र प्रकाश दाहालको काजकिरिया नगरिने भएको भएको छ ।

हिन्दु संस्कार अनुसार १३ दिन काजकिरियामा बस्नु पर्ने हुन्छ तर कम्युनिष्ट राजनीतिमा भएकाले दाहाल परिवारमा काजकिरिया गर्ने प्रचलन नभएकाले उनको काजकिरिया नगरिने पारिवारिक स्रोतका बताए ।
स्व प्रकाशका मामा हिमराज पौडेलका अनुसार ‘सबै परिवार चुनावमा लागेकाले पनि काजक्रिया नहुने भएको हो । आइतबार निधन भएका प्रकाश दाहालको श्रद्धान्जलीस्वरुप एमाले–माओवादी केन्द्रले मंगलबार चितवनमा श्रद्धाञ्जली सभा गर्ने तयारी गरेपछि प्रचण्ड त्यसतर्फ जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया