Bisal Chautari Logo

‘रोजी’को म्युजिकल्ली कन्टेस्ट आह्वान || बिजेतालाई डिनर डेटदेखि लाखसम्म पुरस्कार

- २६ श्रावण २०७५, शनिबार ०५:२८ मा प्रकाशित


Pradeep Khadka and Miruna Magar movie ROSY song musically compilation
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ श्रावण २६, शनिबार । पछिल्लो समय प्रविधि र फिल्म मिल्न थालेका छन् । फिल्म प्रवद्र्धनमा प्रविधि मिजासिलो बन्न थालेको छ । जस्तै हेरौं न, फिल्म ‘रोजी’ले हिट गीत ‘फूल हैन’माथि म्युजिकल्ली प्रतिस्पर्धा नै आयोजना गरिदियो ।
भिडियो साझेदारी साइट युट्युवमा रुचाइएको उक्त गीतमाथि इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्नेछन् । रोजी निर्माण कम्पनीद्धय गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले लोभलाग्दो पुरस्कार राशीसहितको म्युजिकल्ली कन्टेस्ट शुक्रबार घोषणा गरे ।
संयोजक सन्ध्या थापाका अनुसार प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सक्छन् वा वालमा सेयर गर्न सक्छन् । थापाले अहिले पनि इन्स्टाग्राम र फेसबुकबाट भिडियो प्राप्त भैरहेको बताइन् ।
विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटले पुरस्कृत गरिने भएको छ । साथै, दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा छात्रवृद्धि दिइनेछ ।

सर्वोत्कृष्टलाई नगद रु. १ लाखले पुरस्कृत गरिने भएको छ । गोपिकृष्ण मूभिजको युट्युव च्यानलमा समेत भिडियो पोस्ट हुने भएकाले भ्युअर्जका आधारमा उत्कृष्ट तय गरिने संयोजकले थापाले जानकारी दिइन् ।
एलिस कार्कीद्धारा संगीतबद्ध, प्रविशा अधिकारी र प्रताप दासको स्वर समावेश फूल हैनलाई निकै रुचाइएको छ । नीरक पौडेल निर्देशित क्राइम थ्रीलर फिल्म आगामी २२ भदौमा रिलिज तयारीमा छ । प्रदीप खड्का, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया