Bisal Chautari Logo

प्रमिला र देवेशको गीतमा रेखासँग ‘तक्मे बुढा’ सर्माउँदै नाचे (फोटो तथा भिडियो सहित)

- १५ भाद्र २०७४, बिहीबार १०:१३ मा प्रकाशित


pramila rai and debesh rai song ft wilson bikram rai and rekha phago
विशाल चौतारी समाचार
साउथ डाकोटा, २०७४ भाद्र १५ बिहिबार । चर्चित हास्य अभिनेता विल्सनविक्रम राई ‘तक्मे बुढा’ लजाउाछन् । यसो भन्दा धेरैलाई हाासो उठ्ला किनकि, जसले सधै दर्शक तथा श्रोतालाई हासाउादै आइरहेका छन् । तर, बुधबार सिखाली चौरमा भेटिादा उनी सोल्टिनीसाग नजिक हुन समेत लजाइरहेका थिए । उनी लजाउादा सोल्टिनीको झनै साहस बढ्दै गयो ।
भेटै भयो सोल्टीज्यू माइबेनी मेलैमा
भीर फूल टिपी सोल्टी ज्यू लाइदिनु शिरैमा… ।
उल्लेखित गीत गुञ्जिरहादा यी चर्चित हास्य अभिनेता आफ्नो सोल्टिनीसाग सर्माइ–सर्माइ मुस्कुराइरहे । तक्मेको लजाजु स्वभाव र मुस्कानमा लठ्ठ भएकी सोल्टिनीले छाड्नै कुरै भएन । अन्तत: विल्सन अर्थात तक्मे बुढा सोल्टिनीको जालमा परेरै छाडे ।
प्रशंग म्युजिक भिडियो छायांकन हो । पछिल्लो समयका चर्चित र व्यस्त गीतकार राम रेप्चुङ राईको शब्दरचना तथा नेपाली तारा सिजन–३ का फस्ट रनरअप देबेश राई र ‘नेपाल आईडल’ टप–७’ प्रमिला राईको स्वर रहेको ‘भेटै भयो सोल्टीज्यू…’ को भिडियो बुधबार सिखाली चौर र त्यस आसपासमा छायांकन गरिएको छ । देबेशकै संगीत रहेको उक्त निकै मिठो पुर्बेली लोक आधुनिक गीतको भिडियोमा तक्मेकको सोल्टिनी बनेकी छन् अभिनेत्री रेखा फागो ।
नेपाली चलचित्र ‘तारेभीर’मार्फत चर्चामा आएकी अभिनेत्री रेखा र चर्चित हास्य अभनेता विल्सन ‘तक्मे बुढा’लाई भिडियोमा उतार्दैथिए, पत्रकार एमपी सुब्बाले । गीतको भावना अनुसार तक्मेलाई लजाुलु स्वभावको सोल्टाको भूमिकामा उतारेको निर्देशक सुब्बाले बताए । भिडियोमा तक्मे बुढा र अभिनेत्री रेखाको जोडी निकै जमेको समेत उनले बताए । भिडियोमा रेखा तक्मे बुढाको चञ्चली सोल्टिनीको भूमिकामा देखिनेछिन् ।
तेह्रथुमे ढाका बुटिक तथा निरु आङबुङले तयार गरेको पहिरनमा प्रस्तुत भएका विल्सन अर्थात तक्मे बुढालाई सुन्दर रुपमा उतार्नेका काम छायांकार राम केसीले गरो छन् । कर्णप्रिय गीत, सुन्दर लोकेशन अनि छायांकनका कारण भिडियो निकै उत्कृष्ट बन्ने दावी निर्देशक एमपी सुब्बाले गरेका छन् । नेपाली आईडल टप–७ बाट बाहिरिएकी प्रमिलाको यो पहिलो म्युजिक भिडियो पनि हो । जसलाई श्रोता तथा दर्शकले रुचाउाने विश्वास निर्माणपक्षको छ ।

 

प्रतिक्रिया