Bisal Chautari Logo

प्रमिलाले नेपाल आइडलबाट बाहिरिएपछी देबेश र रामसंग पहिलो गीत रेकर्ड गरिन् (भिडियोसहित)

- १३ भाद्र २०७४, मंगलवार ११:२४ मा प्रकाशित


Pramila rai first song record with debesh rai and Ram Repchung Rai interview
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र १३ मंगलबार । नेपाल आइडलको ‘टप ७’ बाट केही हप्ता अगाडी बाहिरिएकी प्रमिला राई अहिले कार्यक्रम र गीत रेकर्डिङमा ब्यास्त रहेकी छिन् । नेपाल आइडलबाट बाहिरिएपछि पहिलो गीत रेकर्ड प्रमिलाले नेपाली ताराका फस्ट रनरअप तथा युवा गायकहरुमा चर्चित देबेश राईसंग डोयट गीत रेकर्ड गराएकी छिन् ।
पछिल्लो पुस्ताका चर्चित गीतकार राम रेप्चुङ राईको शब्द रहेको गीतलाई गायक स्वयम देबेशले संगीत गरेका छन् । रेकर्ड सकिएपछी विशाल चौतारी डटकमसंग कुराकानी गर्दै प्रमिलाले पहिलो गीत रेकर्ड राम्रो भएको बताइन् ।
यो गीतको रेकर्ड हिजो म्युजिसियन स्टुडियो पुतली सडकमा भएको थियो । यो गीतको म्युजिक भिडियो चाडै सुटिङ हुदैछ ।

नेपाली तारामा ‘रक स्टार’ नामले परिचित देबेश र ‘नेपाल आइडलमा ‘रक स्टार’कै उपनामले परिचित गायिका प्रमिला र गीतकार राम रेप्चुङसंग गरिएको कुराकानी हेर्नुहोला :-

Pramila rai first song record | interview – debesh rai, Ram Repchung Rai | nepal idol

Interviewee : Pramila rai, debesh rai and Ram Repchung Rai
Interviewer : bishal rai
camera : nabin rai

प्रतिक्रिया