Bisal Chautari Logo

देबेशको संगीतमा प्रताप र ससिकाले ‘हावाको चिसो’ बोलको गीत रेकर्ड गरे

- ८ चैत्र २०७४, बिहीबार १४:४६ मा प्रकाशित


pratap das, debesh rai and sasika rai song hawa ko chiso
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत ८, बिहिबार । पछिल्लो समय नेपाल आइडल र चलचित्र पाश्र्व गायनबाट चर्चामा रहेका नेपाल आइडलका सेकेन्ड रनरअप गायक प्रताप दास र गायिका ससिका राईको स्वरमा केही दिन अगाडी ‘हावाको चिसो’ बोलको गीत रेकर्ड भएको छ । यस गीतमा ‘नेपाली तारा सिजन–३’ का फस्ट रनरअप समेत रहेका गायक देबेश राईको संगीत तथा एरेन्ज रहेको छ । गीतमा इन्दु तामाङको शब्द रहेको छ ।
अनामनगर स्थित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको बारेमा बोल्दै गायक प्रतापले भने –‘गीत एकदमै उत्कृष्ट बनेको छ जस्तो लाग्छ, किनभने गीत रेकर्ड भइरहेको समयमा आउनु भएका अग्रजहरुले धेरै राम्रो रेस्पोस्स दिनु भएको थियो, गायक प्रतापले बताए । प्रतापले थप्दै भने ‘देबेशको संगीतमा गीत रेकर्ड गर्ने मन थियो, यति राम्रो संगीतमा गीत गाउन पाएकोमा देबेश र गीतकार इन्दु दिदीलाई धन्यवाद ।’
त्यस्तै यस गीतका संगीतकार तथा एरेन्जर देबेशले रेकर्ड भएको गीतको बारेमा बोल्दै गीत उत्कृष्ट बनाउन सबै टिमले प्रयास गरेको बताए । देबेशले भने –‘यो गीत धेरै पहिला नै संगीत गरेको थियो, यो गीत प्रतापको लागी भनेरै राखेको तर नेपाल आइडलमा गएका कारण रेकर्ड गर्न ढिला भएको थिया । तर ढिला भएपनि प्रताप र ससिका दुबैले राम्रो गाएको कारण गीत राम्रो बनेको छ, देबेशले बताए ।
गायिका ससिका राईले पनि रेकर्ड भएको गीतको बारेमा बोल्दै गीत रेकर्डिङ एकदमै रमाइलो संग सकिएको बताइन् । ससिकाले भनिन–‘प्रतापको भोकल रेन्ज अलिक हाइ भएको कारण रेकर्ड गर्न हल्का गाह्रो भएपनि राम्रो गर्ने प्रयास गरेकी छु ।’
यस गीतको भिडियोपनि चाडै विशाल चौतारी मिडियाबाट सार्वजनिक हुनेपनि यस गीतका संगीत तथा एरेन्जर देबेशले बताए ।

bisalchautari tv

प्रतिक्रिया